यसकारण वाम गठबन्धनबाट नयाँशक्ति बाहिरिदै

Posted on: 12 Oct, 2017

असोज २६, काठमाण्डौ ।  वाम गठबन्धनमा उम्मेदवार छनौटमा कुरो नमिलेपछि नयाँशक्ति बाहिरिने संकेत दिएको छ । 

नयाँशक्तिले पूर्वसहमति अनुसार एमाले र माओवादी केन्द्र अघि नबढेको भन्दै गठबन्धनबाट बाहिरिने चेतावनी समेत दिएको छ ।

संघीय संसदमा १५ सिट र प्रदेशसभामा ३० सीट पाउनुपर्ने अडान राखेको नयाँशक्तिलाई एमाले र माओवादी केन्द्रले नदिने संकेत गरेपछि गठबन्धन संकटमा परेको हो । उता माओवादीले गोरखाको दुई क्षेत्रमा नछोड्ने अडान लिएको कारण पनि नयाँशक्ति तनाबमा छ । त्यस्तै एमाले अध्यक्ष केपी ओली र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच भएको छलफल सकारात्मक छैन ।

माओवादी केन्द्रले नयाँशक्तिलाई बाम गठबन्धनमा नल्याउन भित्री कसरत गरेको नयाँ शक्तिको बुझाई छ भने उसले माओवादी केन्द्र र एमाले बीच भएको ६०/४० को सहमति आफुलाई सिट दिईसकेपछीको भएको बताएको छ । उता माओवादी केन्द्रले भने समग्रमा ४०% को दावेदारी गरेको छ । यस खाले बिबादले बाम गठबन्धनमनै संकटमा पर्ने सम्भावना देखिएको छ । 

नयाँ शक्तिले मागे बमोजिम  १५ सिट र प्रदेशसभामा ३० सीट दिन माओवादी तथा एमाले नेताहरु तयार छैनन् । निर्वाचनमा नयाँ शक्तिको दरिलो स्थिति नभएकै कारण पनि नयाँशक्तिलाई बाम गठबन्धनमा मुख्य दुई पार्टीहरु एमाले र माओवादी केन्द्रले त्यति महत्व दिएका छैनन् । गोरखामा माओवादी केन्द्रसँग टक्कर गर्नेसम्मको स्थिति रहेको नयाँशक्तिलाई माओवादी केन्द्रले नछाड्ने अडान लिएको कारण पनि नयाँ शक्ति बाम गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!