भोलीदेखि ब्यबस्थापिका सांसद भंग हुँदै ! यसरी बिदा हुनेछन् सांसदहरु

Posted on: 13 Oct, 2017

असोज २७, काठमाडौं । व्यवस्थापिका संसदका ५९२ सांसदहरुको लागि शनिबार मध्यरातिदेखि जिम्मेवारीमुक्त्त हुँदैछन् । शनिबार विशेष बैठक पछी व्यवस्थापिका संसदका सबै सदस्यहरुलाई विधिवत बिदाई गरिनेछ ।

संसदमा सनिबार सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेपछि शनिबार अपरान्ह संसदको विशेष विदाई बैठक राखिएको सभामुखका प्रेस सल्लाहकार बबिन शमाले बताएका छन् । बैठकमा सभामुख र शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

निर्वाचन आयोगले असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले २८ गते मध्यरातिदेखि रुपान्तरिक व्यवस्थपिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले जानकारी दिए ।

यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको सभामुख निकट स्रोतले जनाएको छ ।

संसद बिघटनअघि यो संसदको अन्तिम विजनेश बैठक आज शुक्रबार बस्दैछ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी विधेयक र भाषा आयोगसम्बन्धी विधेयकलाई कार्यसूचीमा राखिएको छ । त्यस्तै प्रदेश प्रमुखको पारिश्रमिक सम्वधासम्बन्धी बिधेयक पनि बैठकले पारित गर्ने कार्यसूची छ ।

चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास भइरहेको छ । यदि यो संसदले पारित गर्न नसके सरकारले अध्यायदेशबाट ल्याउनुपर्नेछ ।

संसद विघटनसँगै अहिले व्यवस्थापिका संसदमा रहेका सबै विधेयकहरु सून्यमा जानेछन् । अर्को संसद निर्वाचित भएर आएपछि नयाँ सरकारले पुनः बिधेयक ल्याउनुपर्नेछ ।

२०७० मंसिर ४ गते निर्वाचित भएर आएका सांसदहरु असोज २८ गते मध्यराति १२ बजेबाट भुतपुर्व हुनेछन् । उनीहरुले असोज महिनासम्मको तलब भत्ता पाउनेछन् भने त्यस बाहेक पुरानै प्रचलन अनुसार यातायात खर्च दिएर बिदाई गरिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!