माओवादी केन्द्रबाट १३ जना सिफारिस

Posted on: 13 Oct, 2017

असोज २७, कालीकोट | नेकपा माओवादी केन्द्र कालीकोटले जिल्लाबाट प्रतिनिधित्व हुने संघ र प्रदेशसभाका लागि उम्मेदवार छनोट गरेको छ । 

बिहीबार बसेको बैठकले संघको प्रत्यक्षतर्फका लागि दुर्गाबहादुर रावत र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ यशोदा न्यौपानेलाई सिफारिश गरेको छ । 

त्यसैगरी प्रदेशका लागि प्रदेश नं १ बाट धनजित शाही, अनन्त विक, गणेशबहादुर शाही, खेमबहादुर सिंहलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ कृष्णप्रसाद आचार्य, कृष्णकला शाही, राजकुमारी सिंहलाई सिफारिश गरेको नेकपा ९माओवादी० का सरोज बोगटीले बताउनुभयो । 

त्यसैगरी प्रदेश नं २ बाट जीवनबहादुर बुढा, प्रकाश रोकाया र विष्णु विकलाई सिफारिश गरेको छ । 

यसअघि नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र राप्रपा (लोकतान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेमकिपा र नयाँ शक्तिले पनि उम्मेदवारको टुंगो लगाइसकेका छन् । – रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!