५६ विधेयक पारित पारित गर्दै व्यवस्थापिका संसदको अन्त्य

Posted on: 15 Oct, 2017


असोज २९, काठमाण्डौ । सनिबार रातिदेखी व्यवस्थापिका संसदको अन्त्य भएको छ । व्यवस्थापिका संसद आफ्नो कार्यकालमा ५६ वटा विधेयक पारित गरेको छ । मुलुकी संहिता, फौजदारी, देव्यानी जस्ता महत्वपूर्ण विधेयक यही संसदले पारित गर्यो ।

६ सय ६६ दिन बैठक बसेर संविधानसभाबाट रुपान्तरित संसदको अन्त्य भएको छ । आफ्नो अवधिमा ५६ महत्वपूर्ण विधेयक पारित गर्न संसद सफल रह्यो । प्रतिनिधिसभा निर्वाचन सम्बन्धि विधेयक, प्रदेशसभा निर्वाचन सम्बन्धि विधेयक यो संसदले पारित गरेको छ ।

यस्तै निर्वाचन कसुर तथा सजाय विधेयक, भूमी सम्बन्धि छैंठौ सम्बोधन जस्ता महत्वपूर्ण विधेयक यसै संसदले पारित गर्यो । सदनको यस कार्यकालमा दुई प्रधानमन्त्रीको निर्वाचन, बजेट तथा कार्यक्रम प्रस्तुतलगायत महत्वपूर्ण कार्य गर्न सफल रह्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!