राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मन्त्री चौधरी जुम्लामा

Posted on: 15 Oct, 2017

नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट शुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरी आईतबार जुम्ला पुग्नु भएको छ । जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा हुने २ दिने राष्ट्रिय सम्मेलनको उद्घाटन सहित सम्बोधनका लागि मन्त्री चौधरी जुम्ला आउनु भएको हो ।     

सम्मेलनमा कर्णालीको खाद्य सुरक्षा, जीविको पार्जन र वातावरणीय असरले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरि निष्कर्ष सहितको व्यापक छलफल हुने मुख्य आयोजक संस्था किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक गार्खबहादुर थापाले बताउनुभयो । उनका अनुसार  मन्त्री संगै विभिन्न मन्त्रालयका प्रवुद्ध व्यक्तिहरुको पनि सम्मेलनमा सहभागिता रहनेछ । सम्मेलन बिहान १० बजेपछि शुरु हुदैछ ।

प्रत्यक वर्ष जनसंख्या तथा वातावारण मन्त्रालय, नेपाल विज्ञापन तथा प्रविधि प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, काठमाण्डौँ विश्व विद्यालय, किर्डाक नेपालको साझेदार तथा एनसिएएमआई को समन्वयमा सम्मेलन गरीदै आएको हो ।

हिमाली क्षेत्रमा स्वच्छ पानी, यसको संरक्षण र प्रर्वद्धन, मानव अधिकार र यसको अवस्थाका विषयमा पनि सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । यसपटक जुम्लामा भएको राष्टिय सम्मेलन जस्तै ः २०६० सालमा पहिलो पटक कर्णाली प्राविधिक शिक्षालयमा कर्णाली सम्मेलन, २०७१ सालमा सुर्खेतमा राष्ट्रिय सम्मेलन र २०७२ मा रारा सम्मेलन गरिएको किर्डाक नेपालले जनाएको छ ।  

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको अधिकार रक्षाको लागि पैरवि गर्न र जिल्ला स्तरका मुद्दालाई राष्ट्रिय नीति निर्माणमा जोड्नको लागि प्रत्येक वर्ष सम्मेलनको आयोजना हुदै आएको किर्डाकका कार्यक्रम निर्देक गोविन्द बहादुर शाहीले जानकारी दिनुभयो ।

उनले भन्नुभयो, सम्मेलनबाट विद्यमान समस्या र त्यसको निकास समेत निकालिने छ । सम्मेलनको लागि सबै तयारी पुरा भएको छ । किर्डाकले शिक्षा स्वास्थ्य मानव अधिकार, खानेपानी सरसफाई तथा संचार का क्षेत्रमा ५ दशक पहिला देखि नेपालभर कार्यक्रम गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!