नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समितिमा पुनः घिमिरे

Posted on: 15 Oct, 2017

प्रकाश धौलाकोटी | असोज २९, तेह्रथुम | नेपाली कांग्रेस, तेह्रथुम–काठमाडौँ सम्पर्क समितिको सभापतिमा पुनः गणेशप्रसाद घिमिरे चयन हुनुभएको छ । तेह्रथुममा जन्मिएर हाल काठमाडौँलाई कार्यथलो बनाई कार्यरत नेपाली कांग्रेस सम्वद्धहरुको संगठन नै नेपाली कांग्रेस तेह्रथुम–काठमाडौँ सम्पर्क समिति हो । समितिको सभापतिमा दोश्रो पटक घिमिरे सर्वसम्मत चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा भगिमान गुरुङ, सचिवमा बालकुमार गुरुङ, सहसचिवमा अम्बिका ओली र शैलेश कार्की, कोषाध्यक्ष केदारनाथ गहतराज र सहकोषाध्यक्ष चन्द्र कार्की रहनुभएको छ । सदस्यहरुमा सुमन बुढाथोकी, टेकबहादुर चोङवाङ, गोविन्द कटुवाल, चिनकुमार लिम्बु, रुपा तिम्सीना, उमेश दाहाल, प्रेम घतानी, सुमन लकान्द्री, मेघराज सुवेदी, पुष्कल ढुंगाना, चन्द्र ढकाल, हरिप्रसाद विमली, गंगा वर्देवा र रुद्रप्रसाद घिमिरे रहका छन् । 

काठमाडौँमा भएको समितिको एक भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पुर्वसांसद तुलसी सुब्बा, महासमिति सदस्य हरिप्रसाद डाँगी, कांग्रेस तेह्रथुम जिल्ला सभापति गोविन्द ढुंगाना लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!