सर्लाही दुईसातादेखि सिडियो विहिन हुँदा प्रशासनको सम्पूर्ण कामकाज ठप्प

Posted on: 16 Oct, 2017

सरोज यादव | असोज ३०, सर्लाही | करिव दुई हप्ता समय बितिसक्दा समेत सर्लाहीमा प्रमुख जिल्ला अधिकारी हाजिर हुन नआएको ले गर्दा कार्यालय मार्फत फर्छ्यौट हुन बाँकी रहेको मुद्दा, आर्थिक कारोबार तथा आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रभावित बनेको छ ।

प्रमुख जिल्ला अधिकारीको निर्देशनबाट हुने कार्यालय को सम्पूर्ण क्रियाकलाप ठप्प भएको जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु ले बताएका छन् । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल सर्लाही बाट सरुवा भएर गएको सात दिन भन्दा पनि बढी भइसकेको ले उहाँको ठाउँमा गृह मन्त्रालयले नयाँ प्रजिअ पठाउन ढिलाइ गरिरहेको छ ।

चुनावको बेला भएकोले गर्दा पनि केन्द्रले आफु निकटको ब्यक्तिलाई सर्लाही पठाउन चाहिरहेकोले गर्दा प्रजि आउन ढिलाई भइरहेको श्रोतले जनाएको छ । हाल सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले निमित्त प्रजिअको जिम्मेवारी सम्हाली राख्नु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!