प्रधानमन्त्रीले माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसे

Posted on: 17 Oct, 2017

असोज ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । अब माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । लगतै माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए ।

तर, सरकारले चुनाव सार्न खोजेको भन्दै माओवादी मन्त्रीहरुको राजीनामा रोकिएको छ ।

माओवादी मन्त्रीहरुले राजीनामा नदिएपछि प्रधानमन्त्रीले जिम्मेवारी खोसेका छन् । गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!