बझाङ्गमा एमाले-माओवादी गठबन्धन र काँग्रेसले उम्मेदवारको टुङगो लगायो

Posted on: 22 Oct, 2017

सम्राट सिंह | कात्तिक ५, बझाङ | एमाले माओवादी गठबन्धन र काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको छ । एमाले माओवादी गठबन्धन र काँग्रेसले आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारको टुङगो लगाएको हो । 

जसमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेकपा एमालेका केन्द्रिय सदस्य भैरव बहादुर सिंह एवं प्रदेश सभाको क्षेत्र नम्बर १ मा एमालेका नेता अर्जुन थापा र प्रदेश सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी केन्द्रिय सदस्य देवकी मल्लको नाम टुङगो लागेको छ । 

यसैगरी नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका पूर्व पार्टी सभापती पृथ्वी बहादुर सिंह एवंम प्रदेश सभाको लागि क्षेत्र नम्बर १ बाट पूर्व सभासद चन्द्रा जोशी र क्षेत्र नम्बर २ बाट नेता नरेस सिंहको नाम टुङगो लगाएको नेपाली काँग्रेस जिल्ला कमिटी बझाङले जनाएको छ ।

उम्मेदवारको टुङगो लागेपछि जिल्लाबाट टिकटको दौडधुपमा काठमाडौ गएका नेता तथा कार्यकर्ता जिल्ला आउने क्रम जारी रहेको छ । जिल्लाका राजनितिक दलहरुले भोली मनोनयन दर्ताको तयारी गरिरहेका छन । आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा बझाङमा एमाले माओवादी गठबन्धन र नेपाली काँग्रेस बीच नै प्रतिष्पर्धा हुने देखिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!