उदयपुरमा ६१.१७ प्रतिशत मतदाता

Posted on: 24 Oct, 2017

अजयकुमार साह | कात्तिक ७, उदयपुर | जिल्लामा स्थानीय तहको निर्वाचनमा मतदान गरेका मतदाताभन्दा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्नेको संख्यामा बृद्धि भएकोछ ।

२१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ लाख ९३ हजार ९ सय १३ मतदान गर्ने भएका हुन् । स्थानीय तहको निर्वाचनमा जम्मा मतदाता १ लाख ७१ हजार ४ सय ६१ थियो । अहिले २२ हजार ४ सय ५२ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले उदयपुरका सूचना अधिकारी अर्जुन खडकाले बताए ।

खड्काका अनुसार स्थानीय तहको निर्वाचनमा मत खसाल्न नआएकाहरु यसपटक आउने भएका छन्। स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचन कार्यालयले पुन मतदाता नामावली संकलन सुरु गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर बस्नेतले भने, “२०६८ सालको जनगणनाको तथ्यांकअनुसार जिल्लामा ३ लाख १७ हजार पाँच सय २७ जनसंख्या छ । जसमा उदयपुरमा एकजना तेस्रो लिंगी मतदाता समेत फेला परेकी छन् ” ।

उदयपुरमा महिला मतदाता ९५ हजार आठ सय ८९ र पुरुष ९८ हजार २३ मतदाता रहेको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै नयाँ निर्वाचन क्षेत्र निर्धारणअनुसार उदयपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र कायम गरिएकोछ । निर्वाचन क्षेत्र कायम भएको यस जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् । जसमा पुरुष ५६ हजार ८ सय ८८ र महिला ५७ हजार ६ सय ९७ छन् भने त्रियुगा नगरपालिका मात्र एक प्रदेश निर्वाचन क्षेत्र छ भने वेलका र चौदण्डीगढी नगरपालिका मिलेर अर्को प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ ।

वेलका र चौदण्डीगढी नगरपालिका मिलेर बनेको प्रदेश निर्वाचन क्षेत्रमा ६१ हजार १९ मतदाता रहेकाछन् । यसैगरी त्रियुगा नगरपालिका मात्र रहेको प्रदेश निर्वाचन क्षेत्रमा ५३ हजार ५ सय ६७ मतदाता रहेको कार्यलयले जानकारी दिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत दुई प्रदेश निर्वाचन क्षेत्र छन् यस क्षेत्रमा जम्मा मतदाता ७९ हजार ६ सय ३६ जना रहेकाछन ।

कटारी नगरपालिका र ताप्ली गाँउपालिका मिलेर एक प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ । जहाँ ४१ हजार ९ सय ८२ मतदाता छन् । सुनकोसी, रौतामाई र उदयपुरगढी गाँउपालिका मिलेर अर्को प्रदेश निर्वाचन क्षेत्र कायम भएको छ । जहाँ जम्मा मतदाता ३६ हजार ३७ हजार ३ सय ४५ मतदाता छन् ।

निर्वाचन तयारीका लागि अहिले मतदान केन्द्रअनुसारको चेकलिष्ट तयार गरिएको छ भने सो क्षेत्रमा कर्मचारी पाठाउनका लागि जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयहरुबाट कर्मचारीहरुको नामावली माग गरि संकलन गरिसकिएको कार्यालयका सूचना अधिकारी खडकाले बताए । आयोगको निर्देशअनुसार अन्य कार्यक्रमहरु अगाडी बढ्ने उनले जानकारी गराए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!