कर्जन्हामा नवनिर्वाचित मेयरलाई सम्मान

Posted on: 25 Oct, 2017

राम नारायण पंडित | कात्तिक ८, सिरहा | सिरहाको कर्जन्हा नगरपालिकामा नवनिर्वाचित मेयरलाई एक कार्यक्रमकोबिच सम्मान गरिएको छ । 


छठपर्बको अवसरमा मंगलबार आयोजना गरिएको चियापानत तथा सम्मान कार्यक्रममा सिरहा जिल्लामा नेकपा माओवादी केन्द्रबाट निर्बाचति मेयरहरुलाई सम्मान गरिएको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले बताए । कार्यक्रममा नेकपा एमालेबाट निर्बाचित मेयरहरुलाई आमन्त्रित गरेपनि उपस्थित नभएको मेयर पासवानले जनाए । 

केन्द्रमा नेकपा माओबादी केन्द्र र नेकपा एमालेले तालमेल संगै पार्टी एकताको प्रक्रिया अगाडी बढाएकोले जिल्लामा पनि त्यहि अनुरुप कार्यक्रमको सुरुवात गरिेको मेयर पासवानले जनाए ।

कर्जन्हा नगरपालिका बडा नं. ६ बेतहामा एकता सदभाव समारोह समितिको आयोजनामा भएको कार्यक्रम पुर्व कानुन मन्त्रि अजय शंकर नायकको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा कर्जन्हा नगरपालिकाका नवनिर्बाचित मेयर पासवानको साथै मिर्चैयाका मेयर श्रवण यादव, गोलबजारका मेयर देवनाथ साह, धनगढीमाईका मेयर हरि नारायण चौधरी लगायतका मेयर र अध्यक्षहरुलाई सम्मान गरिएको आयोजकले बताएको छ । 


कार्यक्रममा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य दिलिप साह, जगत यादब, बिष्णु बहादुर तमांग त्यसैगरि नेकपा एमालेका नेता तथा राष्ट्रपतिको स्वकिय सचिव जिबछ साह र एमालेका पुर्व जिल्ला अध्यक्ष राम दयाल महतो लगायतका उपस्थित रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!