चुनावी घरदैलो गर्न उम्मेदावार गाउँ-गाउँमा पसे

Posted on: 26 Oct, 2017

नन्द बहादुर रोकाया/कात्तिक ९, मुगु । आगामी मंसिर १० गते हुने प्रतिनीधि सभा तथा प्रदेश सभाका लागि राजनितिक दलहरुले आफनो उम्मेदवारी दर्ता गरि आज बाट घरदैलो अभियानमा जुटेका छन । 

बुधवार वेलुकी  मनोनयन दर्ता गरेका राजनितिक दलहरु आज बाट भोट माग्न गाउँ केन्द्रीत भएका हुन । आज दिउसो नेपाली काँग्रेसका सभापति तथा क्षेत्र नम्बर २ का लागि प्रदेश सभाको उम्मेदवार बनेका खडक बहादुर शाही आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सोरु गाउँ पालिका तर्फ लागेका छन ।

त्यस्तै  काँग्रेस प्रतिनीधी सभाका उम्मेदवार हस्तबहादुर मल्ल र क्षेत्र नम्बर १ बाट प्रदेश सभाका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार  बनेका तिलकबहादुर मल्लपनी जिल्लाको पुर्वी भेगमा पर्ने करान भेग तर्फ लागेका छन ।  

वाम गठबन्धन र एमालेका तर्फबाट क्षेत्र नम्बर दुईबाट उम्मदवार बनेका चन्द्रबहादुर शाही पनि चुनावी प्रचार अभियानका लागि खत्याड गाउँ पालिका जाने तयारी गरिरहेका छन । गठबन्धनबाट उम्मेदवार बनेका नेताहरु पनि कार्यकर्ताका साथ गाउँ गाउँ तर्फ हिडेका छन । 

उम्मेदवारहरु बिच यो वेला केही फरक स्वभाव देखिएको छ । कार्मारोङ्ग गाउँ पालिका हिड्ने तयारी गरिरहेका नेकपा एमालेका तर्फबाट प्रतिनीधी सभाका उम्मेदवार गोपालबहादुर बम र सोरु गाउँपालिका तर्फ चुनावी प्रचार अभियानमा लागेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!