बाम गठबन्धनको निर्णयविरुद्ध सल्यान माओवादी केन्द्रको बिरोध

Posted on: 01 Nov, 2017

कात्तिक १५, सल्यान । सल्यानमा नेकपा माओवादी केन्द्र बाम गठबन्धनको निर्णयविरुद्ध जाने तयारी गरेको छ । 

६ न प्रदेशको सबैभन्दा बढी मतदाता भएको सल्यान जिल्लालाइ बाम गठबन्धनले अपहेलना गरेको माओवादी केन्द्र सल्यानको आरोप छ । 

माओवादी केन्द्रका जिल्ला सयोजक कर्ण बहादुर बुढाथोकी (छाहारी) का अनुसार सल्यानमा ६ न प्रदेश कै सबैभन्दा बढी मतदाता भएको र प्रतिनिधि सभा र प्रदेशसभाको कुनै एक क्षेत्रमा माग गरेको तर केन्द्रले प्रतिनिधिसभा मात्र दिएको  छ ।

जनताको मनोभावना बिपरित निर्णय गरेको भन्दै सल्यानका माओवादी कार्यक्रताले सर्बोच्च बिरोध गरिरहेका छन भने यस निर्णयबारे धारण तय गर्न बुधबार माओवादी केन्द्रको बैठक जिल्ला पार्टी कार्यालयमा बसेको छ । 

सुरुमा एमाले र माओवादी दुवै दलले प्रतिनिधिसभा दावी गरेपछि विवादित बनेको सल्यानमा अन्नतः प्रतिनिधिसभा माओवादी र प्रदेशसभा (क) र (ख) दुवै एमालेले लिने गरी सहमति भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!