उम्मेदवार भोट माग्न गाँउ पसे, जनताले नपत्याउने आश्वासन बाड्दै

Posted on: 02 Nov, 2017

नन्दराम जैशी/कात्तिक १६, जुम्ला । आगामि मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जुम्लाका राजनीतिक दलहरु उम्मेदवार सहित चुनावि प्रचार प्रसार गर्दै भोट माग्न गाँउ पसेका छन् । 

अन्य समयमा शहर केन्द्रीत हुने दलका नेता कार्यकर्ता हिजोआज निर्वाचन प्रचार प्रसारका लागि गाँउपसेपछि सदरमुकाममा राजनितिक दलहरुको उपस्थीत शुन्य जस्तै छ । जनतालाई नपत्याउने आश्वासन बाड्दै भोट माग्न गाँउ पसेका दलहरु निर्वाचनमा आ–आफ्नै पार्टीका उम्मेदवारले जित्ने दावि गरेका छन् ।

विशेष गरी निर्वाचनमा बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनका उम्मेदवारबिच कडा प्रतिस्प्रर्धा हुने देखिन्छ । जुम्लामा प्रदेश सभाका लागि २ निर्वाचन क्षेत्र र प्रतिनिधि सभाका लागि १ निार्वचन क्षेत्र तोकिएको छ । दलहरुले चुनाब प्रचारका लागि आ आफ्नो पार्टीमा  प्रचार टोली गठन गरेका छन् । 

बाम गठवन्धनले १४ सदस्यीय सचिवालय समिति गठन गरेको छ । जसमा एमालेबाट ७ र माओवादीबाट ७ जना गरी १४ जनाको सचिवालय समेत गठनगरी चुनावी प्रचार अभियान थालेका हुन् ।  भने लोकतान्त्रीक गठबन्धन आफ्नो आन्तरिक तयारीमा समेत जुटिसकेको अवस्था छ ।

बाम गगबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि गजेन्द्र बहादुर महत कार्मा उम्मेदवार हुनुहुन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादि केन्द्रबाट प्रत्यक्ष तर्फको उम्मेदवार बन्नुभएका महत त्यो बेला झिनो मतले पराजित हुनु भएको थियो । माओबादि पोलिट ब्युरो सदस्य समेत रहनु भएका उहाँ अहिलेसम्म राजनीतिक हिसाबले विवादमा आउनु भएको छैन ।        

बाम गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि क्षेत्र नं १ बाट पुर्व सांसद तथा माओबादि पोलिट ब्युरो सदस्य नरेश भण्डारी उम्मेदवार बन्नुभएको छ । बुद्धिजिवि संगठनका केन्द्रीय अध्यक्ष समेत रहनु भएका भण्डारी २०६४ सालको निर्वाचनमा निर्वाचित भएर जनताको मन जित्दै लोक प्रियता कायम गर्नुभएको थियो । भण्डारीकै पहलमा जुम्लामा नेपालको चौथो स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना भएको छ ।     


बाम गठबन्धनबाट प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका पदमवहादुर रोकाया २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांगे्रससँग पराजय हुनु भएको थियो । त्यसयता सक्रिय राजनीतिमा संलग्न रोकाया अहिले बाम गठबन्धनबाट प्रदेशसभा लागि निर्वाचन लड्दै हुनुहुन्छ ।

यसैगरि लोकतान्त्रीक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि देवेन्द्र वहादुर शाही उम्मेदवार बन्नुभएको छ । नेपाली काँग्रेसका कर्मठ र निडर नेताका रुपमा परिचित शाहि निर्माण व्यवसायिका रुपमा पनि त्यत्तिकै परिचित हुनुहुन्छ । क्षेत्र नं १ मा लोकतान्त्रीक गठबन्धनबाट प्रदेशसभा सदस्यका लागि राजुसिंह कठायत उम्मेदवार बन्नुभएको छ । निर्माण व्यवसायिका रपमा पोख्त कठायत राजनीतिमा त्यति चर्चामा आएका थिएनन । 

नेपाली काँग्रेसकै तर्फबाट प्रदेश सभा २ सिंजा क्षेत्रबाट उम्मेदवारी दिनु भएका भीमनिधि हमालको नाम पनि राजनीतिक क्षेत्रमा त्यति चर्चामा आएको नाम होइन । यस्तै नेमकिपा जुम्लाको तर्फबाट प्रतिनिधि सभाको उम्मेदवार डिल्ली प्रसाद काँफ्ले समानुपातिक तर्फको भुतपुर्व सांसद हुनुहुन्छ । नेमकिपौ प्रदेश सभा १ बाट प्रत्यक्ष तर्फ शिवलाल डाँगी र प्रदेश सभा २ बाट गोर्खवहादुर बुढा उम्मेदवार चुनावि मैदानमा उत्रिएका छन् । 

उम्मेदवारको चुनाव जित्ने आ आफ्नै दावी        

देशमा स्थायी सरकार निर्माण गर्ने            

बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गजेन्द्र बहादुर महत (कार्मा) ले आफुले चुनाब जितेमा देशमा स्थायी सरकार निर्माण गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, देशमा अस्थायि सरकारका कारण विकासमा असर परेको छ । 

विकासका लागि स्थायि सरकार निर्माण गर्नु आवाश्यक छ । मैले चुनाब जितेमा स्थायि सरकार निर्माणमा मुख्य भुमिका खेल्नेछु । अनिमात्र देश र जिल्लाको विकास हुन्छ । राजनितिक अस्थीरता र अस्थायि सरकार नै विकासका बाधक हुन्, त्यसको अन्त्यका लागि पहल चाल्ने उम्मेदवार महतको भनाइ छ ।      

उहाँले भन्नुभयो, जनताले मलाई चुनाब जिताएमा जुम्लाको विकास निर्माण, स्वास्थ्य, शिक्षा र विद्युतिय समस्या समाधान गर्नेछु । कृषि, पर्यटन, उत्पादनमूलक उद्योग र नयाँ व्यापार योग्य ठाँउको सम्भवना तथा जोखिमका पक्ष समेटी योजना बनाउने र सोहि अनुसार कार्यान्वयन गर्नमा जोड दिने उहाँको भनाइ छ ।      

मुख्य मन्त्री बनेर ६ नम्बर प्रदेशको समृद्धि र विकास गर्ने              

बाम गठबन्धनतर्फ प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १ का उम्मेदवार नरेश भण्डारीले मुख्य मन्त्री बनेर ६ नम्बर प्रदेशको समृद्धि र विकास गर्न आफु चुनावि मैदानमा उत्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, विजय सुनिशचीत छ । 

चुनाब जितेर मुख्य मन्त्रीको रुपमा काम गर्दै ६ नं प्रदेशको समृद्धि र विकासको अभियानमा लाग्नेछु । सोहि अनुसार रणनिति बनाएर ६ नं प्रदेश देशकै नमुना प्रदेशका रुपमा विकास गर्नेछु । अन्य प्रदेशको तुलनामा विकसका दृष्टिले ६ नं प्रदेश पछि रहेपनि संभावनाका दृष्टिले अहिले पनि देशकै शक्तिशालि प्रदेश रहेको भण्डारीको भनाइ छ । कर्णालीमा रहेको जलस्रोत, जटिबुटि, गैरकाष्ठ बन पैदावर लगाएत प्राकृतिक स्रोतहरुको संरक्षण गरी सहि सदुपयोग गर्दै बढ्दो बेरोजगार अन्त्य गर्ने उहाँले बताउनुभयो । 

उहाले भन्नुभयो, आफ्नो सपना कार्यान्वयनका लागि जनताले भारी मतले विजयी गराउनेमा म विश्वस्त छु । प्रदेशको नेतृत्व गर्ने अवसर जुम्ली जनताले जुटाई दिनेछन् । चुनावी खेलमा धेरै नेताहरु मैदान उत्रिएपनि जनताले आफुलाई न्याय गर्ने ब्यक्तिलाई भोट दिनेछन्, त्यसको लागि म सक्षम छु, भण्डारीले भन्नुभयो । प्रदेश नं ६ कै जनताको एकमात्र आशा र भरोसा आफुमात्र भएको उहाको दावि छ ।       

जिल्लाको विकासमा नेतृत्व लिने   

लोकतान्त्रीक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देबेन्द्र बहादुर शाहिले प्रतिनिधि सभा सदस्यमा आफु निर्वाचित हुने दावि गर्दै आफुले चुनाब जितेमा जिल्लाको विकास निर्माणले मुहार फेर्ने बताउनुभएको छ । 

यस अघिका निर्वाचित सांसदहरुले जिल्लाको विकास निर्माणमा सक्रिय भुमिका नखेलेको आरोप लगाउदै उहाँले त्यसको नेतृत्व आफुले गर्ने बताउनुभयो । यस अघि आफुले निर्माण ब्यवसायि भएर जनतालाई गरेको सेवाका आधारमा आफुले चुनाब जित्ने उहाको दावि छ । 

ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जनसेवाको राजनिति आवाश्यक रहेको औल्याउदै जसको उदाहरण सबै पाटिको नेतृत्व गर्दै नेपालि कांग्रेसबाट आफुले सम्माहाल्न सक्ने तर्क गर्नुभयो । उम्मेदवार शाहिले भन्नुभयो, म सहजै चुनाब जित्छु, र जिल्लाको पर्यटन, कृषि, औधोगिक, शिक्षा, स्वास्थ्य, विधुत् र संचार  क्षेत्रको विकासका लागि पहल गर्नुका साथै मुख्य भुमिका खेल्नेछु ।

चुनाब जितेमा उर्जा क्षेत्रमा मुख्य प्राथामिकता दिने र सडक संजाल विस्तार तथा मर्मत गर्दै जुम्लालाई उर्थुहुदै मुगु रारा र डोल्पा जोड्न तत्काल सडक विस्तारको अभियान संचालन गर्ने उम्मेदवार शाहिले बताउनुभयो ।   

 बेरोजगारको अन्त्य गर्न कम्युनिष्ट सहितको लोकतान्त्रिक समाजबाद स्थापना गर्ने 

लोकतान्त्रिक गठन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार राजुसिंह कठायतले जुम्लामा बेरोजगारको अन्त्य गर्न चुनाब जितेर कम्युनिष्ट सहितको लोकतान्त्रिक समाजबाद स्थापना गर्ने बताउनुभयो । उहाले भन्नुभयो, बढ्दो बेरोजगार र गरिबिका कारण विभिन्न घटना तथा विकृति फैलिएका छन् । 

त्यसको अन्त्यका लागि चुनाब जितेर सोहि अनुसार निति कार्यक्रम गर्नेछु । मैले चुनाब जितेमा जुम्लामा बेरोजगार संख्या अन्त्य हुनेछ । त्यसका लागि कम्युनिष्ट सहितको लोकतान्त्रिक समाजबाद स्थापना गर्ने कठायतको भनाइ छ । चुनाबमा म बाम गठबन्धन देखि डराएको छैन । गठबन्धन मिथ्या कुरा हो । यसले एमालेलाइ घाटा भएको छ । गठबन्धन दिगो हुदैन । पदको लाभका कारण माओबादिको रणनिति हो, भन्नुभयो । 

समग्र जिल्लाको विकास निर्माणमा पहिलेदेखि लागि परेको दावि गर्दै प्रदेश सभा सदस्य उहाँको तर्क छ । नेपाली कांग्रेस विभिन्न कालखण्डमा राणाहरु हुदै कम्युनिष्टसँग लड्दै आएकाले अब बाम गठबन्धनसँगको बैचारिक लडाँई जित्ने उहाले दावी गर्नुभयो । 

नयाँ आर्थिक अवसरको पहिचान गरी व्यापक उत्पादन वृद्धि, रोजगारी सिर्जना र समावेशी समृद्धिलाई अभियानका रूपमा अगाडि बढाउने र युवा, महिला उद्यमीको परिचालन, कृषिको आधुनिकीकरण, पर्यटनको विकास, उद्योगको द्रुत विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक लगानी परिचालन गर्ने योजना बनाउने उम्मेदवार कठायतले बताउनुभयो ।     

अधिकार सुनिश्चित गर्न संविधान संसोधन गराउने 

नेमकिपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पुर्व सांसद डिल्लीप्रसाद काफ्लेले जनताको अधिकार सुनिश्चित हुने गरी संविधान संसोधन गराउन आफुले उम्मेदवारी दिएको बताउनुभयो । चुनाब जितेमा संविधान संसोधन गराई बैदेशिक हस्तक्षेप रोक्न भुमिका खेल्ने उहाँको भनाइ छ । 

जनताको आधारभुत आवश्यकता तत्काल परिपुर्ति गर्दै सिजा क्षेत्रका हरेक गाउँमा पक्की सडक निर्माण गरी नागरिक विरामी हुदा सहजै स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उहाँले आश्वासन दिनुभयो ।      

यस बिषयमा तपाइको प्रतिक्रिया...!