कपिलवस्तुमा उम्मेदवारी दर्ता (क-कसले दिए उम्मेदवारी ?)

Posted on: 02 Nov, 2017

कात्तिक १६, कपिलवस्तु (रासस) | प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज कपिलवस्तुमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ । 

तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा नेपाली काँग्रेसबाट क्षेत्र नं १ मा दीपकुमार उपाध्याय, क्षेत्र नं २ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं ३ मा अभिषेक प्रताप शाहले मनोनयन दर्ता गराउनुभएको छ । 

यस्तै वाम गठबन्धनबाट क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य चक्रपाणि खनाल, क्षेत्र नं २ मा राष्ट्रिय जनता पार्टी परित्याग गरी स्वतन्त्र समूह गठन गरेका पूर्वमन्त्री बृजेशकुमार गुप्ता र क्षेत्र नं ३ मा स्वतन्त्र समूहकै ईश्वर दयाल मिश्रले मनोनयन दर्ता गराउनुभएको छ । 

यसैगरी प्रदेशसभातर्फ काँग्रेसबाट क्षेत्र नं १ को (क) मा पुरन चौधरी र (ख) मा राजेश आचार्य, क्षेत्र नं २ को (क) मा जवाहरलाल चौधरी र (ख) मा सुधाकर पाण्डेय तथा क्षेत्र नं ३ को (क) मा अजय थापा र (ख) मा वीरेन्द्र कनौडियाले मनोनयन दर्ता गराउनुभएको छ । 

यसैगरी गठबन्धनबाट क्षेत्र नं १ को (क) र (ख) मा एमालेका विष्णु पन्थी र अन्तर्राष्ट्रिय खेलाडी फैजुल रहमान (फैजल खाँन), क्षेत्र नं २ को (क) र (ख) मा राष्ट्रिय जनता पार्टी परित्याग गरी सूर्य चिह्नबाट उम्मेदवारी दिएका दीर्गनारायाण पाण्डे र धर्मबहादुर लाल श्रीवास्तव तथा क्षेत्र नं ३ को (क) मा एमालेका अर्जुन केसी र (ख) मा माओवादी केन्द्रका जावेद खाँले मनोनयन दर्ता गराउनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!