ओखलढुंगा काँग्रेसका दर्जन बढी नेता कारबाहीमा (विज्ञप्ती सहित)

Posted on: 03 Nov, 2017

१७ कात्तिक,ओखलढुंगा । बागी उम्मेद्वार सहित दर्जन बढी आफ्ना नेतालाई ओखलढुंगा काँग्रेसले कारबाही गरेको छ । उनिहरुलाई कम्तिमा १० वर्ष सम्म साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निश्कासन गरेको हो । प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’ मा बागी उम्मेद्वारी दिएका तरुण दलका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि समेत रहनुभएका ज्ञानेन्द्र रुम्दाली र उहाँका सहयोगीहरुलाई कांग्रेसले कारबाही गरेको हो ।

आज सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कांग्रेस ओखलढुंगाले विद्रोह गर्नु गलत भएको भन्दै आफ्ना नेताहरुलाई कारबाही गरेको हो । पार्टी केन्द्रको निर्देशन अनुसार उहाँहरुलाई कारबाही गरिएको नेपाली कांग्रेस ओखलढुंगाका सचिव रुद्र प्रसाद अधिकारीले बताउनुभयो । कारबाही पर्नेमा महाधिवेशन प्रतिनिधिहरु रामजी बास्तोला, कमल तामाङ लगायतका प्रभावशाली नेताहरु रहेका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेताहरुले विद्रोह गर्नु गलत भएको बताएका थिए । कांग्रेस नेता तथा पूर्व सांसद चन्द्रकान्त दाहालले पार्टी हराउने अभियानमा बागी बन्ने र बनाउनेलाई कारबाही गरिएको बताउनुभयो । जिल्ला समन्वय समितिका सभापति समेत रहेका नेता जयबहादुर श्रेष्ठले कांग्रेसलाई संकटमा पार्ने काम गरेकाले कारबाही गरिएको बताउनुभयो । पार्टीले कारबाहीको घोषणा गरेका नेताहरु केही समय अघि देखि नै स्वतन्त्र उमेद्वारको चुनावी अभियानमा लागेका छन् । 

हेर्नुहाेस् विज्ञप्ती 



यस बिषयमा तपाइको प्रतिक्रिया...!