कांग्रेस महासमिति सदस्यद्वारा पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा

Posted on: 03 Nov, 2017

कात्तिक १७, भक्तपुर (रासस) | नेपाली काँग्रेसका महासमिति सदस्य प्रवीण वनले पार्टी परित्याग गर्नुभएको छ । 

वनले आज जिल्ला सभापति दुर्लभ थापामार्फत पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभयो । आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क) मा उम्मेदवारीको दौडमा रहनुभएका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गर्नुभएको हो । 

उहाँले राजीनामापत्रमा ‘आफूले जुन काँग्रेसको परिकल्पना लिएर हिँडेको हो आज त्यस्तो नरहेको र अन्याय गर्न उद्दत रहेकाले काँग्रेसमा आफूलाई निरन्तर समाहित गर्न न्यायोचित नदेखिएकाले’ पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ । राजीनामापत्रमा वनले लोकतन्त्र र प्रजातन्त्रलाई संकट परेमा त्यसको रक्षार्थ आफूलाई पहिलो पंक्तिमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दै अब स्वतन्त्र जीवन जिउने प्रणसमेत गर्नुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!