निर्वाचन पछी एमाले र माओवादीबीच एकता नभए राजीनामा दिने घोषणा

Posted on: 04 Nov, 2017

कात्तिक १८, मलेखु (धादिङ) (रासस ) | क्षेत्र नं २ को प्रदेशसभा कका वाम गठबन्धनका उम्मेदवार डा रामकुमार अधिकारीले वाम तालमेलका कारण आफू उम्मेदवार भएकाले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) पार्टी एकीकरण नभए आफूले चुनाव जितेर राजीनामा दिने बताउनुभएको छ । 

सदरमुकाम धादिङबेंसीमा माक्र्सवाद अध्ययन प्रतिष्ठानले आज आयोजना गरेको कम्युनिष्ट एकता र आसन्न निर्वाचनबारे आयोजना गरिएको विचारगोष्ठीमा डा अधिकारीले आफू एमाले र माओवादी केन्द्र दुवैको उम्मेदवार भएकाले कहीँ कतैबाट पार्टी एकता नभएमा आफूले जीतेमा प्रदेशसभा सदस्यबाटै राजीनामा दिएर स्वतन्त्र नागरिक भएर बस्ने प्रतिबद्धता गर्नुभयो । 

एमाले पोलिटब्यूरो सदस्य डा गंगालाल तुलाधरले समाजवादको बाटोमा पुग्न वाम गठबन्धनको अपरिहार्यता भएको बताउनुभयो । माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले कम्युनिष्ट पार्टी एकताले जनतालाई सकारात्मक सन्देश दिएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!