एमालेका दुई नेताहरुलाई साधारण सदस्य समेत नरहने गरि कारवाही

Posted on: 05 Nov, 2017

ताराबहादुर महत । कार्तिक १९, दोलखा । पार्टी अनुशासन विपरित काम गरेको भन्दै दोलखाका एमाले नेता लालकुमार केसी र कुमार खड्कालाई एमाले दोलखाले कारबाहि गरेको छ ।

एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले आज एक विज्ञप्ती प्रकाशित गरी नेता द्वय केसी र खड्कालाई पार्टीको विधानको धारा ४९ (क) को ८ नम्बर दफा अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहि गरिएको जानकारी गराउनुभएको छ । कारबाहीमा परेका नेता द्वय पार्टीको जिल्ला कमिटीमा रहनुभएको बताईएको छ ।

केसीले आसन्न निर्वाचनमा मालेबाट प्रदेश सभा सदस्यको लागि दोलखा प्रदेश सभा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!