मंसिरको चुनाव बहिष्कार र खारेजको नीतिमा नेकपा

Posted on: 06 Nov, 2017

दलसिंह गिरी/कात्तिक २०, कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका पोलीटब्यूरो सदस्य भरत बम रणबिरले अहिले भैरहेको चुनाव जनता र राष्ट्रको पक्षमा नभएको भन्दै चुनावले देश र जनतालाई कंगाल र परनिर्भर बनाई झन् ठुलो संकटतिर धकेल्ने जिकिर गर्नु भएको छ । 

असफल संसदीय दलाल पुजीवादी व्यवस्था र भ्रष्ट नेतृत्वलाई जबर्जस्त लाद्ने काम गर्ने भन्दै वस्तुतः यस्ले प्रतिक्रान्ती र नव उपनिवेशवादको सेवा गर्ने भएकाले त्यसैले यो चुनावलाई खारेज र बहिष्कार गर्ने पार्टीको नीति रहेको बताउनु भएको हो । 

स्कुलींग बिभागका सदस्य समेत रहेका बमले निर्बाचन भाड्ने शव्द राज्यले प्रयोग गरिरहेको छ तर हामीले चुनाव खारेज र बहिष्कार गर्ने भनेका छौ, उहाँले थप्नुभयो वास्तवमा जनताहरु अहिलेको व्यवस्था र नेताहरुसँग सन्तुष्ट छैनन्, खासमा जनताले चुनावमा बाध्य भएर भाग लिइरहेका छन्, त्यसैले जनताले गर्ने बिरोधको जुनसुकै रुपको पनि पार्टीले नेतृत्व गर्छ र पार्टीले यहि तयारी गरिरहेको उहाँको भनाई छ ।


अहिलेको  राजनीति सेवाको साधन बाट कमाउने व्यवसायमा बदलिएको भन्दै उहाँले नेताहरू नयाँ ब्यापारी तथा ठेकदार जस्ता बनेका छन्, यो स्थितिमा हुने चुनाव भनेको टेन्डर प्रक्रिया जस्तै हो, जहाँ एकदिनको लागि जनतालाई पनि सकृय बनाइन्छ बमले थप्नुभयो चुनावलाई निरपेक्ष लोकतान्त्रिक  बिधिको रूपमा प्रस्तुत् गरेको छ जो यथार्तसग मेल खादैन । 

हामी देश र जनताको सेवा गर्ने राजनीति र चुनाव चाहान्छौ । राष्ट्र र जनताको हित बिपरीतको निर्बाचनले मूलुकलाई थप संकटतिर धकेल्ने पक्का भएको समेत उहाँले जिकिर गर्नुभयो । उहाले थप्नुभयो चुनाव त हामी भन्दा राज्य पक्षले भाड्ने वातावरण तयार गर्न खोज्दैछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!