मुस्लिम, दालित, जनजाति र मधेशीहरुका मुद्धा बामपन्थीले पुरा गर्छ: बलदेव

Posted on: 07 Nov, 2017

इमरानखान/कात्तिक २१, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधी सभा १ काने.का.पा. माओबादि केन्द्र तथा बामपन्थी उम्मेद्धवार चक्रपाणी खनाल (बलदेव)ले मधेश तथा मधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याकको मुद्धा आफुहरुले उठाएकाले अबको बामपन्थी सरकारले पुरा गरेर देखाउने बताएका छन् ।

कपिलवस्तुको तौलिहवा स्थित बामपन्थी गठबन्धनका जिल्ला स्तरीय नेताको संयुक्त बैठकलाई सम्बोधनगर्दै चक्रपाणी खनालउर्फ बलदेवले निर्वाचित बामपन्थी सरकाले मधेशतथामधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याकको मुद्धा सम्बोधन गर्ने र सम्पन्न मधेशका लागि आत्मनिर्भर कार्यक्रम ल्याउने बताउनुभयो । “मधेश सम्पन्न भए देश सम्वृद्ध हुन्छ, उनीहरु देशका धर्ती पुत्र हुन्, उनका माग मेरो लागि पहिलो मुद्धा हो”उहाले भन्नुभयो । 


आफुहरुले गरेको प्रतिबद्धताबाट अहिले सम्म पछि नहटेको र आउने दिनमा पनि पछि नहटने प्रतिबद्धता गर्दै प्रतिनिधी सभा १ का उम्मेद्धवार बलदेवले बामपन्थी सरकारलाई दुई तिहाई बहुमतले जिताएर स्थायी सरकार मार्फत मधेश तथा मधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याक र देशको समुन्नत विकासका लागि सबै मतदातासंग आग्रह पनि गर्नुभयो ।

संयुक्त बैठकमा बोल्दै एमाले नेता खिमलाल भट्टराईले बाम गठबन्धन जनताको चाहना र भावना अनुरुप गरिएको बताउनुभयो । देशमा सबै भन्दा बढि शासन गरेको दरबार र कांग्रेस सधै विकासको बाधक बनेकै कारण अहिले देश यो अवस्थामा पुगेको भन्दै अबको स्थिर सकारले नै विकास र परिवर्तनको झल्को दिन सक्ने भट्टराईले दाबी गर्नुभयो । प्रदेश सभा १ को (१) काबामपन्थी साझाउम्मेद्धवार तथायुवा नेता विष्णु पंथीले कपिलवस्तुको बर्तमान अवस्थामा बामपन्थी नेतृत्वको जितआवश्यक रहेको बताउनुभयो । 

अशिक्षा, बेरोजगारी, गरिबी र विकासको अभावले ग्रसित कपिलवस्तुको समग्र परिवर्तन र विकासका लागि बाम गठबन्धनका सबै उम्मेद्धवार विजयीबन्नु आवश्यक रहेको दाबी गर्नुभयो । “अब बन्ने बामपन्थी सरकारको पहिलो प्राथमिकतामा कपिलवस्तुका मुद्धा प्राथमिकतामा हुन्छन् ”उहाले भन्नुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!