नारायणकाजी श्रेष्ठ घाइते, बारपाकका घर-घरमा पुग्ने योजना असफल

Posted on: 08 Nov, 2017

कात्तिक २२, बारपाक (गोरखा) । माओवादी केन्द्रका नेता तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर घाइते भएका छन् ।

मंगलबार गोरखाको सौरपानीमा आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ ।

चोट पछी उनले आज बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेका छैनन् । बारपाकमा अहिले सुरु भएको चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । पैदल यात्रा गरेर स्थानीय बासिन्दालाइ भेट्ने उनको योजना समेत असफल भएको छ ।

घाइते भएकाले बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर-घरमा पुग्ने उनको योजना स्थगित गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!