निर्वाचनलाई शान्त र भयरहीत बनाउन अछामका सरोकारवाला प्रतिबद्ध

Posted on: 08 Nov, 2017

कमल रावल/कात्तिक २२, अछाम । आसन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई शान्त र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि अछामका सरोकारवाला प्रतिबद्ध भएका छन । 

मंसिर २१ गते अछाममा हुने निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध, मतदाता शिक्षा अभियान तथा मतदान स्थलको अनुगमन कार्यका लागि आवश्यक तयारी अघि बढईएको बताएका छन । 

चुनाव भयरहीत वातावरण गराउन सुरक्षाको प्रबन्ध तथा मतदाता शिक्षाको बारेमा रेडीयो रामारोशनले गरेको सुदुरसवाल कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रबन्ध सुरक्षा समितीले मिलाईसकेको बताउनु भयो । जिल्लामा आवश्यक परिस्थीतीलाई मध्येनजर गर्दै सुरक्षा योजना तयार भएको जानकारी दिनु भयो । अछामका सबै मतदान स्थलमा आफु नपुगे पनी ५० प्रतिशत मतदान स्थलमै पुगेर स्थलगत अनुगमन गरेको बताउनुभयो । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन हुने बताउनुभयो । 


साथै निर्वाचन भई मतगणना सार्वजनिक नहुञ्जेल सम्म मंसिर १ गते मदिरा विक्री वितरण तथा सेवनमा पुर्ण रुपमा रोक लगाईएको बताउनुभयो । यदी यो अवधिमा यस्ता कार्य भेटिएमा कडा कारबाही गर्ने जानकारी दिनुभयो । छलफल कार्यक्रममा निमित्त जिल्ला निर्वाचन अधिकारी राम बहादुर माझिले प्रतिनिधी र प्रदेश सभाको निर्वाचन एकै साथ हुने भएकाले जिल्लाबाट नभई आयोग कै कारण मतदाता शिक्षा कार्यक्रममा ढिलाई भईरहेको बताउनु भयो । 

यतिबेला केन्द्रबाट नै निर्देशन भई आवश्यक कार्य गर्न परिपत्र भईसकेकाले कात्तिक २५ गतेदेखि नै मतदाता शिक्षाका लागि स्वयमसेवक खटईने बताउनु भयो । स्वयमसेवक बाट नै पार्टीको प्रचार गरि आचारसहीता उलघनका कार्य भईरहेको छ भन्ने सहभागिको गुनासोमा माझीले जसले उलघनका कार्य गरिरहेको छ त्यो व्यक्तिको त्यही स्थलबाट फोटो खिचेर जानकारी गराउन आग्रह गर्दै तुरुन्तै कारबाही गर्ने बताउनु भयो । आचार सहीतका उलघनका कार्य गर्नेलाई कडा कारबाही हुने बताउनु भयो । अछाम जिल्लामा निर्वाचनका लागि १ सय २९ मतदान स्थल र १ सय ९७ मतदान केन्द्र रहेका छन ।

 जसमा ५५ अतिसंवेदन शिल, ६५ संवेदनशिल र ६ ९ केन्द् सामान्य रहेका छन । कार्यक्रम बोल्दै निर्वाचनको जिम्मा पाएका नियोग अछामका प्रतिनीधी मान बहादुर कुवरले चुनावमा आचार संहीताका उलघनका घट्ना बढ्दै गएका बताउनु भयो । २०७० सालको सविधान सभा र २०७४ को स्थानिय तहको निर्वाचनमा अनुगमन गर्दा अधिकाश उम्मेद्धार, राजनितिक दलका प्रतिनीधी तथा सरकारी कर्मचारीबाट उलघनका घट्ना हुने गरेका बताउनु भयो । 

आफनो सस्थाको कार्य कानुनी कारबाही गर्ने नभई अनुगमन सहीत तथ्य रिपोर्ट दिने भएकाले कानुनी कारबाही गर्ने निकायले कारबाही गर्नु पर्ने उहाँको जोड रहेको थियो । सुदुर सवालको पुरा भाग रेडीयो रामारोशनबाट शनिबार राती सवा ९ बजे, आईतबार बेलुकी सवा ६ बजे र सोमबार बिहान सवा ८ बजे सुन्न सक्नु हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!