सरकारी गाडीको दुरुपयोग गर्दै राज्यमन्त्री चौधरी चुनावी प्रचारमा

Posted on: 08 Nov, 2017

कात्तिक २२, कैलाली । नेपाल सरकारका संघीय मामिला तथा स्थानीय बिकास मन्त्री जनक चौधरी सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी अभियानमा लागेका छन् ।

२०७० को संबिधान सभाको दोश्रो चुनावमा कैलाली क्षेत्र नं १ बाट लोकतान्त्रिक फोरमबाट बिजय भएर सभासद् भएका चौधरी अहिल राज्यमन्त्री सम्म पुगेका छन् । पछिल्लो राजनितिक घटनाक्रमले कम्युनिष्टहरु एक भएका बाम गठबन्धन भए पछि लोकतान्त्रिक फोरम पनि नेपाली कांग्रेसमा बिलय भएर लोकतान्त्रिक गठबन्धन भएको छ । 


यसै बेला नेपाल भरी नै बामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनको यही मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उच्च चर्चा रहेको बेला राज्यको एक जिम्मेवारी ब्यक्तिले राज्यकै सम्पतिलाई प्रयोग गरी पार्टीगत प्रचारमा हिड्नु नराम्रो भएको जनताको गुनासो छ ।

राज्यमन्त्री चौधरी बुधबार चुनावी छलफलका लागि सरकारी गाडीको प्रयोग गर्दै जोशीपुर गाउँपालिकाको कार्यालयमा पुगेका हुन । बा १ झ ९८४७ नम्बरको सरकारी गाडीलाई गाउँपालिका कार्यालय बाहिर राखेर चौधरी भित्र कार्यलयमा एक माला पहिरिएर बसेका थिए । 


वडा नम्बर १ का वडाध्यक्ष बिधिराम चौधरीले गरेको उक्त सम्मान कार्यक्रममा बोल्दै चौधरीले भने- "लेटिटसहरु फस्टाएको मुलुकमा दरिद्रता मात्र हुन्छ, त्यस्तै बामहरु फस्टाइको मुलुकमा पनि दरिद्रता उत्पन्न हुन्छ, त्यसैले अब सबैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्छ, अनि मात्र देश बिकास हुन्छ ।" 

सम्मान कार्यक्रममा उपस्थित मन्त्री चौधरीले चुनावी कार्यक्रमहरु सरकारी गाडीको दुरुपयोग गरेको भन्दै जोशीपुर गाउँपालिका वडा नं १ का जनताले  मन्त्रीको चर्को अआलोचना गरेका छन । यज्ञराज उपाध्यायको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!