राप्रपाका जिल्ला सचिवसहित काङ्ग्रेसका दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश

Posted on: 09 Nov, 2017

ताराबहादुर महत । कार्तिक २३, दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोलखाका सचिव पुर्णबहादुर थापा एमालेमा प्रवेश गर्नुभएको छ ।

थापाको गृह गाउँ भिमेश्वर नगरपालिका वडा नम्बर ७ कुप्रिमा आज आयोजित एमालेको चुनावी सभामा उहाँसहित राप्रपा र नेपाली काङ्ग्रेसका ४० जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका वडास्तरका प्रभावशाली नेताहरु सिताराम शाही, नेत्रबहादुर खड्का, हेमकुमार थापा, निर्मला थापा, नवराज बस्नेत, सुकराज बस्नेत लगायत रहनुभएको छ । त्यसैगरी राप्रपाका वडा कमिटीका बहुमत सदस्यहरु पनि एमाले प्रवेश गरेका छन ।

राप्रपा दोलखाको सचिवको भुमिकामा रहनुभएका ६४ बर्षिय पुर्णबहादुर थापा पार्टीको महत्वपुर्ण पदमा रही लामो जीवनकाल व्ययतित गरिसक्नु भएको थियो । लामो राजनितिक जीवन कालमध्ये आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राप्रपाले काङ्ग्रेस जस्तो प्रतिक्रियावादी, राष्ट्रघाति र देश विकासमा बाधा पु¥याउँदै आएको पार्टीसँग सहकार्य गरेको भन्दै असन्तुष्टी जनाउनुभएको थियो । कङ्ग्रेससँगको सहकार्यबाट पार्टी केन्द्रसँग असन्तुष्ट रहनुभएका थापा जनताको हितमा काम गर्ने पार्टी एमाले मात्र भएको भन्दै एमालेमा प्रवेश गर्नुभएको होे । दुई तिहाई भन्दा बढी बहुमतको सरकार बनाएर समृद्ध नेपाल निमार्ण गर्ने बाम गठबन्धनको अभियानमा योगदान पु¥याउने अभिप्रायले एमाले प्रवेश गरेको उहाँको भनाई छ । उहाँले आफ्नो बाँकी जीवनकाल एमालेको सक्रिय राजनिति र वडाको विकासमा सर्मपण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । थापा राजनितिक नेता मात्र नभएर समाजसेवीका रुपमा समेत परिचित हुनुहुन्छ ।

थापा लगायत सम्पुर्ण नवप्रवेशीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ दोलखाका उम्मेद्वार पशुपति चौँलागाँई, एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेद्वार पार्वत गुरुङ लगायतले टिका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!