पेशागत ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनमा नखटाउने तयारी हुँदै

Posted on: 09 Nov, 2017

रेशमराज रोकाया/कात्तिक २३, हुम्ला । जिल्लाको निर्वाचनको लागि शान्तीपूर्ण रुपमा सम्पन्न गर्नको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शिक्षक तथा कर्मचारी ट्रेड युनियनमा संलग्न शिक्षक तथा कर्मचारीलाई नखटाउने निर्णय गरेको छ । 

स्थानिय तहको निर्वाचनमा त्यस्ता कर्मचारी तथा शिक्षक खटिएका केन्द्रमा केही विवाद तथा चुनाव शान्तीपूर्ण गराउनको लागि केही बाधा व्यवधान भएको ठहर गर्दै प्रदेश तथा संघको चुनावमा नटाउने तयारी गर्दै ट्रेड युनियनको  जिल्ला र केन्द्रमा संलग्नको पदाधिकारीको विवरण माग गरेको छ । 

गएको स्थानिय तहको निर्वाचनमा त्यस्ता ट्रेड युनियनका जिल्ला अध्यक्ष तथा सचिवलाई नखटाईएको भएता पनि यस पटकको चुनावमा पुरा समितिका पदाधीकारी र केन्द्रिय प्रतिनिधीलाई समेत नखटाउने तयारी भईरहेको जिल्ला निर्वाचन अधिकारी प्रदिप सिँह धामीको आशय रहेको छ । 

त्यसै गरी जिल्लामा रहेका माध्यमिक तहमा कार्यरत कुनै पनि शिक्षकलाई चुनावमा मतदान अधिकृतको रुपमा नखटाउने तयारी रहेको बुझिएको छ । निजामती कर्मचारीका सुब्बा स्तरका कर्मचारीलाई भए पनि अधिकृतमा खटाएर पठाउने तयारी भईरहेको छ । 

उता सहायक कर्मचारीको लागि भने स्थानिय आधारभूत तहका स्थायी शिक्षकलाई खटाईने भएको छ । शिक्षक संघ संगठनले भने जिल्लामा रहेका माध्यमिक तहका शिक्षकलाई नटाईनु भनेको राज्यको र जिल्ला निर्वाचन कार्यालय प्रति रोष प्रकट गरेका छन् । एकिकृत नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष अमर बहादुर शाही अनुसार ट्रेड युनियनमा रहेका सम्पूर्ण पदाधिकारी र माध्यमिक तहका शिक्षकलाई नखटाईनु भनेको अपहेलना गरेको बताउनु भयो । 

यस अघिको स्थानिय तहको चुनावमा अध्यक्ष र सचिवलाई नखटाएको जायज भएको भएता पनि सम्पूर्ण पदाधिकारीलाई नखटाईनु भनेको राम्रो नभएको शाहीले बताउनु भयो । कोही पनि स्वच्छ छवि रहेको नहुने कुनै न कुनै संघ संगठनमा आवद्ध रहेको हुने भएकोले अध्यक्ष र सचिव बाहेक सबैलाई खटाईनु पर्नेमा जोड दिनु भयो । 

माध्यमिक तहका शिक्षकलाई नखटाउनु अनि निजामति कर्मचारीको सुब्बालाई अधिकृृतको रुपमा खटाईनु जिल्ला निर्वाचन कार्यलयको शिक्षक प्रति गरिएको अपमान हो अनि जहिले पनि शिक्षकलाई निजामती कर्मचारीको मुनी राखिनु प्रति आक्रोश जिल्लाका सबै शिक्षक ट्रेड युुनियनका पदाधिकारीको रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!