सिन्धुपाल्चोकका युवा पेस्तोलसहित काठमाडौँबाट पक्राउ

Posted on: 14 Nov, 2017

कात्तिक २८, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ । 

ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो । 

गोकर्णमा प्रहरीले जाँच गर्ने क्रममा बा८८प ८२८४ नंको मोटरसाइकलमा सवार उनको साथबाट उक्त हातहतियार बरामद गरिएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!