बामगठबन्धनलाई जिताउन कार्तिक ३० गते प्रचण्ड र ओली पर्वतमा आउने

Posted on: 15 Nov, 2017


नेकपा एमाले र माओवादीको बामगठबन्धनलाई पर्वतमा जिताउन र जनलहर ल्याउनको लागि पर्वतमा प्रचण्ड र केपी ओली आउने भएका छन् । यहि कार्तिक ३० गते कुश्मामा हुने विशाल आमसभालाई सम्बोधन गर्नको लागि केन्द्रिय नेताहरु आउने भएका हुन् ।

बामगठबन्धनको देशभरको जनलहरलाई सम्बोधन गर्नको लागि विभिन्न जिल्लामा पुगेका प्रचण्ड र आली पर्वत र बाग्लुङमा आउने भएका हुन् । सोही दिन बाग्लुङमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ । पर्वतमा केन्द्रिय स्तरका नेता आउने भएपछि बामगठबन्धनका कार्यकर्तामा थप उर्जा थपिएको छ । बामगठबन्धनसँगै बढ्दो लोकप्रियता थप बढ्ने विश्वास गरिएको छ । कार्तिक ३० गते जिल्लास्तरीय भेलाको आयोजना गर्ने तयारी भएको बामगठबन्धनले जनाएको छ । सो दिनमा जिल्लाभरका बामसमर्थकलाई सदरमुकाम उतार्ने र आफ्नो पक्षमा भएको जनलहरको शक्तिप्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!