नयाँ शक्तिका उम्मेद्वार राईलाई सडक खनेर जनताले गरे स्वागत

Posted on: 15 Nov, 2017

चिसाङ शेर्पा/कार्तिक २९, खोटाङ । नयाँ शक्ति पार्टी नेपाल खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार तथा कृषिविज्ञ मदन राईलाई जनता आफैले सडक खनेर गाउँमा स्वागत गरेका छन् । 

मंसिर १० गते हुने आसन्न प्रतिनिधि तथा प्रदेशससभाको चुनावका लागि जिल्लाका विभिन्न स्थानमा चुनावीसभा गर्न गाउगाउ डुलेका नेता तथा कृषिविज्ञ राईलाई शनिवार ऐसेलुखर्क गाउपालिकाको बाकाचोलमा त्यहाँका स्थानीयले सडक खनेर स्वागत गरेका हुन् ।

जिल्लामा नाहिमा कृषि स्रोत केन्द्र, खोटाङ विकास मञ्च, शुभम–फाउण्डेशन विद्धालयका लगानीकर्ता समेत रहेका राई यतिवेला चुनावीसभामा व्यास्त रहेका छन् । ८ गाउपालिका २ नगरपालिका रहेको खोटाङमा नयाँ शक्तिले जन्तेढुंगा गाउपालिका र वराहापोखरी गाउपालिका वाहेक दुई नगरपालिका तथा ६ गाउपालिकामा चुनावीसभा गरिसकेका छन् । झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटजस्ता चुनावी प्रचारका सामाग्री जिल्लामा कही पनि नराखी उदाहरणिय पार्टीका उम्मेद्वार राई चुनाव नजिकिदै गर्दा रातादिन घरदैलो अभियानमा खटिरहेका छन् । 


त्रिधार्मिक हलेसीलाई विश्व समुदायमा फैलाउन, प्रत्येक किसानलाई व्यवसायी, अर्गानिक खेतीमा सम्पन्न गराउन, युवाशक्तिलाई स्वरोजगारी र व्यवसायी बनाउन, शिक्षालाई उत्पादनमुखी र स्थानिय जननिर्वाचित पदाधिकारीलाई पुर्वाधार विकास क्षेत्रमा सहयोग गर्ने चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने गरेका राईलाई जनताले उत्साहित तवरमा सहयोग गर्ने प्रतिबद्धता जनाउने गरेका नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कमिटी सचिवालय सदस्य सुर्य राईले बताउनुभयो ।

“जनताहरु हल्लामा विश्वास गर्न छोडेका छन् । मदन राईलाई एक भोट दिन मतदाताहरुले आतुरता देखाउनु भएको छ ।” सचिवालय सदस्य राईले भने,“मदन राईको पक्षमा उर्लदो जनसागरले चुनाव जित्ने छाँटकाट देखिएको छ । एक भोट त दिन्छौ भनेका छन् । तर, उम्मेद्वार राईलाई एकपटक भेट्न सवै जनता आतुर रहेछन । त्यसका लागि हामी कसरत गरीरहेका छौ ।” 

चुनावी सभामा खटिरहंदा धेरै जनताहरु पार्टी प्रवेश गर्छौ भनेर भन्छन् तर, हामीले चुनाव अगाडी कसैलाई पार्टी प्रवेश गराएका छैनौ प्रदेशसभा (क) का उम्मेद्वारी ब्याक गरेका मोहन गुरुङ भने, ‘अहिले हामीले सवैलाई सहानुभुती दिदै भोट दिनुस चुनावपछि पार्टी प्रवेश गराउने प्रतिवद्धता दिलाएका छौ ।’ उनले भने, ‘अहिले हामी पार्टी प्रवेश गराउनु भन्दा जनताको मन जित्न खोजिरहेका हौ ।’  

जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धनसंग प्रर्तिस्पर्धा गर्नका लागि नयाँ शक्ति पार्टी चुनावी कसरतमा जुटिरहेको आँकलन गर्न सकिन्छ । जिल्लामा नेपाली कांग्रेस र बाम गठबन्धन पनि चुनावी कसरतमा खटिरहेका छन् । खोटाङका लागि फ्रेस नेताका रुपमा मदन राईलाई हेरिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!