डोल्पामा नेकपाले उम्मेदवारको घरमा कालो ब्यानर टाँस्यो

Posted on: 15 Nov, 2017

कार्तीक २९ डोल्पा । डोल्पा जिल्लाको सदरमुकाम दुनैमा सुरक्षा निकायालाई चुनौती दिदै बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिसकारको कालो ब्यानर टाँसेको छ । 

दुनैमा रहेका बिभिन्न पार्टीका उम्मेरद्धारका घर घरमा मंगलबार राती कालो झन्डा राखी निर्बाचनको समेत बिरोध गरिएको हो । प्रतिनिधि सभा निर्बाचनका उम्मेरद्धार रहेका नेपाली काँगे्रसका अंगत कुमार बुढा बाम गठबन्धनका नेकपा एमालेका उम्मेरद्धार धन बहादुर बुढा र प्रदेश सभाका विर्वाचन क्षेत्र न “क” नेकपा एमालेका उम्मेरद्धार नन्द सिँह बुढाको घरमा निर्वाचन बहिस्कार लेखेको कालो भन्डा राखिएको छ । 


त्यसै गरि सदरमुकाम दुनै भन्दा बाहिर रहेका प्रदेश सभाका उम्मेद्धार नेपाली काग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र “क” का बेगम सिँ ठकुरी र प्रदेशसभा निर्वाचन क्षेत्र “ख” का उम्मेरद्धार सुरेश शाहीको घरमा पनि कोलो झण्डा राखेका छन । 

त्यसै गरि प्रदेशसभा निर्वाचन क्षेत्र “ख” का बाम गठबन्धनका नेकपा  माओबादी केन्द्रका उम्मेरद्धार बिर बहादुर शाहीको घरमा कालो झन्डा राखेको भेटिएको छ । 

डोल्पा जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्धारको घरमा कालो झण्डा राति राखे पनि बिहानै जनताले पत्तो नपाउदै प्रहरिले हटाएको थियो ।

प्रतिनिधी र प्रदेश सभाको निर्बाचन खारेज गर भन्ने नारा समेत लेखिएको माओबादी श्रोतले जनाएको छ । चुनाव नजिक हुदै गर्दा बिप्लबको बिरोध कार्यक्रम बढदै गए पछि सुरक्षा चुनौति झन जटिल बन्दै गएको छ । -सरोज थापाको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!