बाम गठवन्धनको तर्फबाट मेरो जित पक्काः— जावेद आलम खाँ

Posted on: 17 Nov, 2017


इमरान खान | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर यतायात समिति को अध्यक्ष जावेद आलम खाँ लाई कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ को २ बामगठवन्धनबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ । जावेद आलम खाँले बामगठवन्धनको जित सुनिश्चित रहेको बताउनु भएको छ । देश समृद्ध र आर्थिक विकाशको लागि बामगठवन्धन बाहे अरुकुनै विकल्प नभएको भन्दै चुनावमा जनताले बामगठवन्धन लाई भोट हाल्न आतुर रहेको वताउनु भयो । 

बामगठवन्धनले मधेशी, जनजाति, आधिवासि तथा मुस्लिमहरु लगायत सबै को अधिकार बामगठवन्धनले नै सुरक्षित गर्छ खाँले बताए । नेपालमा सबै जातजाति भाषा धर्म रहेकोले सबैलाई अधिकार सम्पन्न गर्ने बामगठवन्धनले मात्र गर्न सक्ने भन्दै बामगठवन्धन लाई जिताउन जनता संग आग्रह पनि गर्नुभयो । कपिलवस्तु सिमा क्षेत्र रहेको कृष्णनगर लाई एउटा व्यावस्थित सहर बनाएर यस बजारमा व्यापार व्यावसाय फ्स्टाउने आफ्योना रहेको धारण राख्नु भयो । 


आफुलाई यस क्षेत्रका किसान, गरिबहरुको समस्या थाहा भएको भन्दै ति समस्या समाधन गर्ने सक्ने क्षमता आफु सगं मात्र रहेको दाबि गर्नुभयो । कपिलवस्तुको क्षेत्र नं. ३ को २ मा गोलाकार भित्रको हसिया हतौडामा भोट हालि बहुमतले विजय गराउन जनता समझ आग्रह पनि गर्नुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!