बाम गठबन्धनको युवा भेला सम्पन्न

Posted on: 17 Nov, 2017

सास । मंसिर १, बर्दिया ।

मङ्सीर २१ गते हुने चुनाव लाई केन्द्रीत गरी आप्ना पक्षधरका उमेद्वार लाई जिताउन ठाउँ ठाउँमा गठबन्धनका सङ्युक्त युवा भेला सम्पन्न भएका छन् ।


विहिबार बर्दियको भोलागौडीमा सम्पन्न सङ्युक्त युवा भेलाले  बढैयाताल गाउँ पालिका स्तरिय १ सय ७८ जनाको चुनाब प्रचारप्रसार मूल समिति गठन गरेको छ भने १९ सदस्य सचिवालय समिति गठन गरेको  युवा सङ्घ बर्दियाले जनाएको छ ।

वाईसिएल बढैयातालका क्षेत्रीय अध्यक्ष जङ्गे थारुको अध्यक्षतामा सम्पन्न भेलामा गठबन्धनका झण्डै ४ सय युवाहरुको सहभागिता रहेको सहभागीले बताए ।

वाईसिएल केन्द्रिय सदस्य राजुरानाभाट युवासङ्घ बर्दियाका अध्यक्ष ध्रुब थापा , लगाएत गठबन्धनका जिल्ला स्तरका नेताहरुले भेलालाई सम्वोधन गर्दै यो मुलकमा गरिबी भोकमारी तथा बेरोजगारीको अन्त्य हुन बाम गठबन्धनको सरकार वाहेक अरको बिकल्प नभएको भन्दै बाम गठबन्धनका उमेदवार लाई बिजयी गराउनका लागी अभियानलाई तिब्र रुपमा लैजानु पर्नेमा जोड दिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!