मनाङका पत्रकार लामिछानेमाथि एमाले कार्यकर्ताद्वारा दुव्र्यवहार

Posted on: 18 Nov, 2017

मङ्सिर २, मनाङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मनाङमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । 

राजनीतिक दलहरु आआफ्नो नारा बोकेर जनाताको घर दैलोमा पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत दीपक ढकालले मतदाता शिक्षाबाहेक मतदान अधिकृतलगायत निर्वाचनमा खटिएको सबै कर्मचारीलाई तालीम दिइसकेको तथा मंसिर ७ गतेबाट सबै मतदान केन्द्रमा मतदाता संख्याका आधारमा सातदेखि नौ जनासम्म कर्मचारी परिचालन गर्ने बताउनुभयो । 

निर्वाचन सुरक्षाका लागि जनपथ प्रहरी २१८, सशस्त्र प्रहरी १३०, म्यादी १८८ र १२० जना रिजर्भ फोर्सबाहेक नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । 

मनाङका पत्रकार लामिछानेमाथि एमाले कार्यकर्ताद्वारा दुव्र्यवहार 

नेपाल पत्रकार महासंघ मनाङ शाखाका उपाध्यक्ष नवीन लामीछानेमाथि दुव्र्यवहार भएको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाका लागि मनाङको नेस्याङ गाउँपालिकाको मनाङ गाउँमा समाचार सम्प्रेषण गर्न पुगेका लामिछानेमाथि एमालेका दीपक मनाङेका कार्यकर्र्ताबाट दुव्र्यवहार भएको हो । 

राष्ट्रिय समाचार समिति मनाङका प्रतिनिधि समेत रहेका लामिछानेलाई समचार सम्प्रेषण गर्दै गर्दा दुव्र्यवहार गरेका हुन् । एमालेका कार्यकर्ताले जुलुस लगाउँदै गर्दा आफू फोटो खिच्न गएको बेला आफूलाई तानेर लगेको र धम्क्याएको पीडित लामिछाने बताउँछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!