रामचन्द्र पौडेल सवार गाडीमा प्रेसरकुकर बम प्रहार

Posted on: 18 Nov, 2017

मंसिर २, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।

वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा तनहुँको भानु नगरपालिका १० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको हो । प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यका अनुसार अहिले स्थिति सामान्य भइसकेको छ । विष्फोट लगत्तै प्रहरीले विष्फोटमा संलग्न समूहको खोजी सुरु गरेको छ ।


करिब ३ बजे पौडेललाई लक्षित गरी बम प्रहार भएको नेपाली कांग्रेसले जनाएको छ बम प्रहारबाट पौडेल सवार गाडीको सिसा फुटेको छ । विष्फोटले कुनै मानवीय क्षति भने भएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!