सिन्धुपाल्चोकमा बम फेला, सुरक्षा सतर्कता बढाइयो

Posted on: 18 Nov, 2017

मंसिर २, सिन्धुपाल्चोक । देशभर चुनाव बिराधि गतिबिधि भइरहेका बेला सिन्धुपालचोकका बिभिनन ठाउँमा बम फेला पर्न थालेका छन् । निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला पर्न थालेको छ ।

जिल्लाको प्रतिनिधिसभा २ अन्तर्गत मेलम्चीको ज्यामिरे मिलनचोक, मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको आँगनमा र मेलम्ची बजारको शिखरपुर तीपेनी जाने पुलछेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले बताएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बम निक्रिय पारेको हो ।

एकैदिन ठाउँ–ठाउँमा बम फेला पेपछि सो क्षेत्रको सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । चुनाव बिथोल्नको लागि यस्ता गतिविधि भइरहेका हुन्,’जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन पोखरेलले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!