गृहमन्त्री हटाएर आफै जिम्मेवार बन्न खोजे तर सकेनन्... !

Posted on: 19 Nov, 2017

मङ्सिर ३, काठमाडौँ | गृह मन्त्रालय सकृय नहुँदा देशब्यापी हिंशात्मक घटना बढ्न थालेका छन् । पछिल्ला दुईदिन घटेका बिभिन्न घटना र सुरक्षा चुनौतीले चुनावसम्मको अवाधीमा के-कस्ता घटनाको सामना गर्नुपर्ने हो भन्नेमा त्रास सृजना गरेको छ । 

ऐतिहासिक निर्वाचनमा जनताले ढुक्कले मतदान गर्न नदिन देश भित्र तथा बाहिरबाट बिभिन्न चलखेल गरिएको आरोप लगाईएको बेला गृह मन्त्रालय हटाएर आफैले जिम्मेवारी लिएका प्रधानमन्त्री देउवा निर्वाचन सुरक्षा दिन असफल भएको टिप्पणी सुरु हुन थालेको छ । 

बिपक्षी दलहरुलाई मात्र नभई आफ्नै पार्टीका जिम्मेवार नेताहरुलाई पनि बिभिन्न आक्रमण हुँदा सुरक्षा निकाय र सरकारले कुनै ठोस कारवाही गर्न सकेको छैन । शुक्रबार कांग्रेस नेता रामशरण महतलाई लक्षित गरि हानिएको बम, सनिबार कांग्रेसकै नेता रामचन्द्र पौडेल माथिको आक्रमण, सनिबार रौतहटमा सर्वसाधारनलाई नै गम्भीर घाइते बनाएको बम पछिल्ला हिँसाका घटना हुन् । सरकार र सुरक्षा स्रोतबाट त्यत्रो शक्ति हुँदा पनि बम हान्न संलग्न हुनेहरुलाई कारवाही गरेको घटना वा आशंका लागेकाहरुलाई पक्राउ गर्न सकेको छैन, जसको कारण आगामी निर्वाचनमा मतदातामा त्रास उत्पन्न भएको छ । 

निर्वाचनको मुखमा देशभरी उमेदवारलाई लक्षीत गरी बम बिस्फोट गराइदा र जताततै भयको वातावरण श्रृजना गर्न खोजिदा सरकारी शक्ति भन्दा हिंशात्मक शक्तिले आफ्नो शक्तिको नाच देखाई रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!