प्रचण्डपुत्र प्रकाशलाई हृदयघात ! मृत्यु भएको पुष्टि भएको छैन

Posted on: 19 Nov, 2017

मङ्सिर ३, काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का पुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । आज बिहान करिब साढे ४ बजे हृदयघात भएको पारिवारीक स्रोतले जनाएको हो । प्रकाशलाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको छ ।

उनलाई आइतबार बिहान पाँच बजेपछि अचेत अवस्थामा अस्पताल ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । उनको अवस्था चिन्ताजनक रहेको बुझिएको छ । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । 


यसैबीच केहि अनलाइनमा उनको मृत्यु भएको भन्दै खबर आईरहेका छन् तर यस बिषयमा कुनै पुष्टि भएको छैन । प्रकाशको अवस्था बारे पारिवारिक श्रोतले कुनै जानकारी दिएका छैनन् भने अस्पताल प्रशासनले समेत कुनै कुरा सार्वजनिक नगर्दै उनको मृत्यु भएको भन्दै खबरहरु भाईरल गराइएको छ । 

यसैबीच चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् भन्ने खबर प्राप्त भएको छ । रेणु चितवन भरतपुर महानगरपालिकाकि मेयर हुन् । स-परिवार काठमाडौँ आउनुले प्रकाशको अवस्थाबारे थप आशंका थपिएपनि जिम्मेवार निकायले उनको अवस्था बारे जानकारी नदिएसम्म यसै भयो भनेर लेख्नु पत्रकारिताको नैतिक धर्म नभएको भन्दै सामाजिक संजालमा टिप्पणीहरु आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!