बाम गठबन्धनका बुद्धिजीवि, पत्रकार र लेखकको भेला

Posted on: 19 Nov, 2017

टेक शाही | मङ्सिर ३, डोल्पा | डोल्पामा बाम गठबन्धनका बुद्धिजीवि,पत्रकार र लेखकको सँयूक्त भेला सम्पन्न भएको छ । निर्वाचन नजिकीदै गर्दा बाम घटक भातृसँगठनको सँयूक्त भेलाको आयोजना गरिएको नेपाल बसद्धिजीवि परिषद डोल्पाले जानकारि दिएको छ । 


मँसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेद्धारलाक्ष् भारि मतले बिजयी गराउन भातृसँगठन बुद्धिजीवि परिषद,प्रेस सेन्टर,प्रेस चौतारि र लेखकहरुकोे मुभिका कस्तो रहने भन्ने बिषयमा गठबन्धनको पहिलो भेलाको आयोजना गरिएको बद्धिजीवि परिषद डोल्पाका अध्यक्ष आङ्ग बहादुर लामाले जानकारि दिए । उनका अनुसार उम्मेद्धारलाइ सुझाव र भातृसँगठनले खेल्नु पर्ने भुमिकाको बिषयमा गठबन्धनका शिर्ष नेताहरुले प्रशिक्षण दिएको र सुझाब दिएको बताए । 

ठुलो सँख्यामा भेलाका भएका बुद्धिजीवि,पत्रकार र लेखकहरुले लोक्तान्त्रिक शक्तिका उम्मेद्धारले पछिल्लो समय गठबन्धन सर्मथकलाइ झुक्याएर,फकाएर र प्रलोभनमा पारेर आफु केन्द्रीत गरेका क्रियाकलाप बढे पछि उम्मेद्धार र गठबन्धनका शिर्ष नेताहरुको ध्यानार्कषण गराएको लँक बहादुर रोकायाले बताए । उनले भने दुष्मनलाइ कम्जोर नमान्न भन्दै यो छोटो समयमा दुबै पार्टिका सबै कार्यकर्ता र शिर्ष नेताहरु गाँउगाँउमा एवम घरघरमा हुनु पर्ने भोट कार्यकर्ताले मात्र हाल्ने नभएर जनताले हाल्ने सुझाब दिए । 

नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाही लगायत जिल्लाका शिर्ष नेताहरु तथा माओबादि केन्द्र डोल्पाका जिल्ला सँयोजक माल बहादुर रोकाया(सितार) सहित अन्य दर्जनौ शिर्ष नेताहरुको उपस्थितिमा बाम गठबन्धनका भातृसँगठनहरुको भेला गरिएको प्रचारप्रशार बिभाग प्रमूख बबि किशोर गूरुङ्गले जानकारि दिए । उनका अनुसार स्थानिय तहको निर्वाचनमा एमाले पहिलो र माओबादि केन्द्र दोस्रो पर्टि भएको र यस पटकको निर्वाचनमा बाम गठबन्धनलाइ अत्याधिक मतले बिजय गराउने लक्ष्य रहेको गूरुङ्गले दावी गरे ।

(पार्टि एकता सामान्य कुरा होइन,बाम गठबन्धनलाइ भोट नहाले कारवाहि गर्छु ): हँश बहादुर शाही  


मँसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनलाइ मतदान नगरे एमालेका कार्यकर्तालाइ कारवाहि गर्ने बैकल्पीक केन्द्रीय सदस्य हँश बहादुर शाहीले चेतावनी दिएका छन । उनले भने देशमा कम्यूनिष्टको उदय हुने बेलामा बाम गठबन्धन र एमालेमा भोट नहाल्ने कार्यकर्ता र जनता कसरि एमाले हुन्छ ? सिद्धान्त बोकेको जनता र कार्यकर्ताले जस्तो सुकै अबस्था आउदा पनि सैदान्तिक मत हाल्ने बताए । 

बाम एकता निर्वाचन सम्म भए पनि नेता देखि कार्यकर्ता सम्म सैद्धान्तिक र इमानदारि भएमा कम्यूनिष्टहरु एक हुनका लागि पार्टि एकिकरण कुनै ठुलो नभएको तर भने जस्तो पार्ठि एकिकरण सामान्य कुरा नभएको शाहीले बताए । आफु प्रचार प्रशारको लागि गाँउगाँउमा गएको र जनताको मन बुझेकोले जस्ले जस्तो प्रलोभन देखाए पनि बाम बिचार भएका जनता कतै डकमगाउने अबस्थामा नरहेको दावी उनले गरे । 

हल्लाका भरमा जनताइ त्रशित बनाउने क्रियाकलाप धेरै भएको तर स्तानिय तहमा ७० प्रतिशत सिट जित हात पारेर पहिलोे पर्टि भएको एमालेका कार्यकर्ता र जनताले अन्तै भोट हाल्छन भन्नु एका देशको कथा जस्तो भएको के्रन्द्रीय सदस्य शाहीले भने । शाहीले भने माओबादि केन्द्र पनि रफतारमा लाग्नु पर्ने र स्थानिय तहमा भएका दुबै पक्षका बिभिन्न अबस्थामा भएका तिक्तता निर्वान अघि नै मेटाउनु पर्ने सुझाब दिए । आफु डोल्पा जिल्लाका इन्चार्जको हैसियतले गठबन्धनलाइ भोट नहाल्ने कार्यकर्तालाइ कारवाहि गर्ने र माओबादि केन्द्रले पनि त्यस्तो निर्णय लिएर प्रचार प्रशारमा लाग्न भने । 

प्रदेशसभा निर्वाचन “क” भन्दा प्रदेशसभा निर्वाचन “ख”मा कठिन रहेको छ ।  “क” बाम गठबन्धनका तर्फबाट एमालेका नन्दसिँह बुढा मात्र छन भने काँग्रेसका बेगम सिँह ठकुरि छन । नन्दसिँह बुढाको जित पक्का भएको भए पनि बहुमतले जिताउन गठबन्धन लाग्नु पर्ने शाहीले बताए ।

( प्रदेशसभा निर्वाचन “ख” मा माओबादि केन्द्रको नेतृत्वको कमि )


बाम गठबन्धनबाट प्रदेशसभामा टिकेट पाएको माओबादि केन्द्रको प्रदेशसभा निर्वाचन “ख” मा नेतृत्वको कमि भएको निशकर्ष निक्लीएको छ । १० हजार ७ सय ३९ मतदाता रहेका यस क्षेत्रमा गठबन्धनका तर्फबा माओबादि केन्द्रका बिर बहादुर शाही प्रत्यक्ष उम्मेद्धार हुन । जगदुल्ला गाँउपालिकाको–५ मा जन्मथलो भएका शाही तल्लो क्षेत्रका जनताका लागि नयाँ अनुहार हुन । 

एमालेका शिर्ष नेता,कार्यकर्ता र माओबादिका केहि नेता तथा कार्यकर्ता सहित प्रचार प्रशारमा प्रदेशसभा निर्वाचन “ख” मा गएका बेलामा केन्द्रको नेतृत्व कमि भएको एमाले डोल्पाका पूर्वपार्टि सचिव छक्क धरालाले बताए । उनका अनुसार प्रचार प्रशारका क्रममा जगदुल्ला गाँउपालिका बाहेक अन्य कुनै पनि गाँउपालिका र नगरपालिकामा माओबादि केन्द्रको नेतृत्व नभएको जस्तो महसुस भएको बताए । 

माओबादि केन्द्रको बलियो क्षेत्रका रुपमा मानिने प्रदेशसभा निर्वाचन “ख”मा २ वटा स्थानिय तहमा माओबादि केन्द्रले जित हात पारको छ । २ वटा तहमा जित निकालेकै कारण पनि त्यस क्षेत्रबाट माओबादि केन्द्रले प्रदेशसभामा टिकेट पाएको धेरेको तर्क छ । त्यति मात्र नभएर केन्द्रका तर्फबाट जिल्लामा शिर्षमा गनिने अधिकाश नेताहरु प्रदेशसभा निर्वाचन “ख”मा रहेका छन । 

बिभिन्न ठाँउमा नेतृत्वको कमि रहेको छ तर समयमा केन्द्रका नेता र कार्यकर्ताहरु लागि नपरे सोचे अनुरुप नतिजा आउन कठिन हुने बुद्धिजीवि परिषद डोल्पाका सल्हाकार सुरेन्द्र ढकालले सुझाब दिए । उनले भने जित सुनिश्चित छ तर अत्याधिक बहुुमतले जित ल्याउनु पर्ने झिनो मतले जित हुनु भनेको गठबन्धनका लागि ठुलो धक्का लाग्ने बताए । गठबन्धनको प्रचारप्रशारको कमि रहेकोले जित हुन्छ नै भनेर ढुक्क हुने अबस्था नरहेको दावी गरे । 

(समानुपातिक महिला उम्मेद्धार दुबै प्रदेशसभा “ख”मा दुबैको सम्भाना बलियो )


प्रदेशसभाका लागि उम्मेद्धार दुबै महिला प्रदेशसभा निर्वाचन “ख”मा परेका छन । प्रत्यक्ष तर्फबाट शिफारिसमा पर्न नसकेका महिला समानुपातिकको बन्द सुचिमा सुचिकृत भएका छन । नेकपा एमालेका तर्फबाट पदम क्वारि बोहोरा र माओबादि केन्द्रका तर्फबाट उर्मिला बि.क. प्रदेशसभाका बन्द सुचि भित्रका उम्मेद्धार हुन । 

बोहोरा र बि.क.दुबै पार्टिका शिर्ष नेतृत्वमा रहेका ब्यक्ति हुन । समानुपातिक बन्द सुचिमा रहेका दुबै जनाको साँसदको सम्भावना बलियो देखिएको छ । प्रदेश नँ ६ बाट १६ जना समानुपातिक साँसद बन्नेछन । प्रत्यक्ष तर्फबाट महिला एकजना पनि सिफारीसमा नपरेको र ३३ प्रतिशत महिलालाइ समेटने क्रममा बोहोरा र बि.क. साँसदको सुचीमा पर्ने धेरैले बिस्लेशन गरेका छन । दुबै जनाको साँसद बन्ने धेरै आधार भएको कारण पनि सम्भान अत्याधिक रहेका हुन । दुबै जना एकै प्रदेशमा भए पनि भोट भने गठबन्धन तरिकाबाट मागेको प्रचार प्रशारमा गएका कार्यकर्ताहरु बताउछन । 

(मनले साँसद कोहि हुदैन धन हुनु पर्छ ? सकसको सिफारिसले चिट्ठा पर्यो । )


मनले कोहि पनि नेता र साँसद नभएको र धनले नेता साँसद हुने माओबादि केन्द्र डोल्पाका जिल्ला सँयोजक माल बहादुर रोकाया(सितार)ले बताए । मन थियो साँसद बन्ने तर म सँग धन थिएन त्यसैले जिल्लाको सँयोजकमा चित्त बुझाएर बसेको छु । उनि भन्छन म यतिमा खुसि छु किनकी मैले धेरै ठुलो आसा गरेको छैन म सग पैसा छैन । 

जस्ले जे गरे पनि पैसा नभइ केहि गर्न सकिदैन धन बिनाको नेता बन्छु भन्नु दिवा सपान भएको बताए । बिचारको राजनिति गर्नु फरक कुरा भएको बताए । तर नेपालमा जस्ले जे भने पनि धन बिनाको मनले केहि नहुने बताए । रोकायाले भने आर्थिक कारणले नै धेरै राजनितिज्ञ थन्कीएर बस्नु परेको बताए । 

एक फरक प्रशँगमा सकसको बेलमा प्रदेशमा नाम सिफारिस गरेको त चिट्ठा पो परेको बताए । प्रदेशसभामा एमाले र माओबादि फरक फरक चुनाबि भिड्न्त गर्ने अबस्थामा आर्थिक रुपमा बलियो ब्यक्ति भनेर बिर बहादुर शाहीको नाम सिफारिस गरिएको तर पछि गठबन्धन गर्दा चिट्ठा जस्तै भएको बताए । उनले भने मैले बिरोध गरेको होइन पार्टिलाइ आर्थिक रुपमा पनि बलियो ब्यक्तिको आबास्यक पर्ने भएको कारण पनि पहिले त्यसो गरिएको तर पछि नैतिकतामा पनि शाहीलाइ टिकट दिलाउन पर्यो । 

पूराना तथा शिर्ष नेताहरुले टिकेट नपाएर नया अनुहारले पाउदा जनता चकित हुनु स्वभाविक भएको बताए । परिस्थतिले त्यस्तो बनाएको तर दुबै पार्टिबाट पूराना शिर्ष नेताहरुलाइ एक पटक अबसर नदिनु अलि दुखद भएको बताए । उनले अब हिजोको कुरा बिर्सेर बामहरु एक भएर अत्याधिक मतले बिर बहादुर शाही र “क” का उम्मेद्धार नन्दसिँ बुढालइ लाइ बिजयी गराउनु पर्ने बताए । उनका अनुसार १ हजार भन्दा माथि मत रहेको माओबादि केन्द्रका उम्मेद्धार शाहीले एमालेका मतले नै जित पक्का रहेका दावी गरे । 

(जित पक्का छ तर पुराना तिक्तता मेटाउ ?)

मँसिर १० मा हुने निर्वाचनमा डोल्पा जिल्लामा बाम गठबन्धनले प्रतिनिधिसभा र २ वटै प्रदेशसभामा जित निकाल्ने पक्क भएको गठबन्धनको दावि गरेको छ । प्रतिनिधिसभामा गठबन्धनका एक्ला उम्मेद्धार एमालेका निर्वतमान साँसद धन बहादुर बुढा चुनाबि मैदानमा रहेका छन । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका जिल्ला सभापति अँगद कुमार बुढा चुनाबि मैदानमा छन ।  डोल्पा जिल्लामा स्थानिय तहमा एमाले पहिलो र केन्द्र दोस्रो स्थानका पार्टिको गठबन्धन भएकोले काँग्रेस थोरै सँख्यामा रहेको पार्टि भएको कारण प्रतिनिधिसभामा जित सहज भएको गठबन्धनको दावि छ । 

प्रदेशसभामा भने गठबन्धनका उम्मेद्धार माओबादि केन्द्रका बिर बहादुर शाहीलाइ अलि किठन हुने भएको छ । स्वतन्त्र सहित ४ जना उम्मेद्धार रहेको प्रदेशसभा निर्वाचन “ख”मा गठबन्धनलाइ सहज नभएको धेरैको दावि रहेको छ । कारण २०७० सालको सँबिधानसभाको निर्वाचन र स्थानिय तह २०७४ मा गठबन्धन भित्रका २ दलका नेता र कार्यकर्ताले एक आपसमा गरेको तिक्ता नै मुख्य कारण भएको निष्कर्ष निकालेको छ । 

स्थानिय तहको निर्वाचनमा परेको जुहारि र तिक्तताले पानि बाराबारको अबस्थामा पुगको २ पार्टि एकै पटक शिर्ष नेताहरुले गठबन्धन गरे पछि पूरानो तिक्तता मेटिएको छैन कार्यकर्तामा । शिर्ष नेताहरुले गठबन्धन गरि चुनावी मैदानमा होमि सकेको अबस्थामा स्थानिय स्तरमा कार्यकर्ताहरुमा त्यो तिक्तता नमेटिएको र अब तत्काल ति समस्याका समाधान तिर लाग्नु पर्ने सहमति भएको छ । तिक्तता मेटाए चुनावी नतिजा उम्मेद्धार चकित हुने गरि आउने भेलाको निष्कर्ष रहेको छ । 

(१८ हजार भन्दा धेरै मतदाताले मतदान गर्ने अनुमान ।)

कुल १८ हजार ९ सय ८९ मतदाता रहेको डोल्पा जिल्लामा १८ हजार भन्दा धेरै मत खस्ने अनुमान गरिएको छ । बिभिन्न कारणले केहि सय मत नखसे पनि १८ हजार भन्दा धेरै मतदान हुने अनुमान बुद्धिजीबिहरुको रहेको छ । स्थानिय तहको निर्वाचनले मतदातामा निर्वाचनको भुत चढेको कारण पनि करिव ९५ प्रतिशत मत खस्ने धेरैको अनुमान रहेको छ । 

प्रदेशसभा निर्वाचन “क”मा ३ गाँउपालिका र १ नगरपालिका रहेका छन । यस क्षेत्रमा ८ हजार २ सय ५० मतदाता रहेका छन । करिव १८ सय भन्दा धेरै मतदाता स्थानिय तहको निर्वाचन पछि थप भएका छन । यस क्षेत्रबाट प्रत्यक्ष तर्फ ५ हजार मत प्राप्त गरे बिजयी हुनेछ । 

प्रदेशसभा निर्वाचन “ख”मा ३ गाँउपालिका र १ नगरपालिका रहेका छन । यस क्षेत्रमा १० हजार ७ सय ३९ मतदाता रहेका छन । स्थानिय तहको निर्वाचन पछि ७ सय भन्दा धेरै मतदाता अध्यावधि गरिएको छ । यस क्षेत्रका उम्मेद्धारले प्रत्यक्ष तर्फ ७ हजार मत प्राप्त गरे बिजयी हुने छ । अँक गणितिय हिसाबमा पनि हाल लोकतान्त्रिक पार्टि भन्दा बाम गठबन्धन धेरै मतले अगाडि रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!