सर्लाहीमा माओवादी नेतालाई हानेको गोली उनको श्रीमतीलाई लाग्यो

Posted on: 19 Nov, 2017

सरोज यादव | सर्लाही ३, मंसिर | सर्लाहीमा आईतवार बिहान एकजना महिला माथि गोली प्रहार भएको छ । सर्लाहीको रामनगर गाउपालिका–४ बहुअर्वा टोल बस्ने धर्मेन्द्र साह तेलीको श्रीमतिलाई बिहान साढे चार बजे अज्ञात समुह द्वारा गोलि प्रहार भएको छ ।

साह सर्लाही क्षेत्र न : ४ का माओवादीका चर्चित नेता रहेको स्थानिय रामकैलास यादवले बताएका छन् । प्रहरीका अनुसार साह र  निजकी श्रीमती २५ वर्षिय गिरजा देवी दुबै जना संगै घरमा सुतिरहेको अवस्थामा ढोका माथिको काठको फलेग फुटाई माथिबाट अज्ञात समुहले गोली प्रहार गरेको ईलाका प्रहरी कार्यालय गडहियाका ईन्स्पेक्टर राजाराम केशरीले जानकारी दिनुभएको छ । 


गोलि धर्मेन्द्र साहलाई लक्षित गरि प्रहार गरेको थियो । तर निजलाई नलागेर श्रीमतिलाई लागेको  प्रारम्भिक अनुसन्धान बाट पुष्टी भएको छ । 

गोलीबाट श्रीमती गिरजाको बाया छातीमा गोलि लागेको छ । उपचारका लागी जिल्ला अस्पताल मलंगवामा लगिएको थियो । तर उपचार सम्भव नभएपछि थप उपचारको लागि निजलाई विरगंज रेफर गरिएको सर्लाही प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!