कांग्रेस उम्मेदवारको गाडीमा प्रेसर कुकर बम विस्फोट

Posted on: 20 Nov, 2017

मङ्सिर ४, कलैया । सोमबार बिहान ५: ३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालयपछाडि राधाकृष्ण ठकुरीको घरअगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम विस्फोट गराइएको छ ।


बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने बा१४च ६३३० नंको गाडीमा बिहान बम विस्फोट भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 

बम विस्फोमा मानवीय क्षति नभएको र गाडीमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।  बम विष्फोट गराउनेको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!