डोल्पामा ३३ मतदान केन्द्र अति संबेदनशील, सुरक्षा ब्यवस्थामा कडाई

Posted on: 21 Nov, 2017

टेक शाही/मङ्सिर ५, डोल्पा  । डोल्पा जिल्लाका ३३ वटा मतदान केन्द्र अति सम्बेदनशिल क्षेत्रमा परेका छन । 

त्यसै गरि १८ वटा सम्बेदनशिल र १५ वटा सामान्य क्षेत्रमा परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । भौगोलिक र सुरक्षाको हिसावमा डोल्पाका ३३ वटा मतदान केन्द्र अति सम्बेदनशिल क्षेत्रमा परेको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले बताए । 

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको ५ दिन बाँकी रहदा डोल्पा जिल्लाको सुरक्षा ब्यवस्था कडाई गरिएको छ । निर्वाचन हुने दिन नजिकी रहेकोले मतदाताले सहज रुपमा मतदान गर्ने वातावरण बनाउनका लागि जिल्लाको सुरक्षा ब्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समितिले जानकारि दिएको छ । 


जिल्लाको सुरक्षा ब्यवस्थालाई विशेष ध्यान दिँदै विभिन्न समुहले गर्ने निर्वाचन विरोधि गतिविधिहरु प्रति पुर्व सतर्कता अपनाइ जिल्लाको सुरक्षा ब्यवस्था कडाई गरिएको प्रमूख जिल्ला अधिकारि केशवराज आचार्यले जानकारी दिए । शर्माका अनुसार जिल्लाका तीनवटा मुख्य नाकाहरु त्रिवेणी,चौरीकोट,होर्त खोलामा विशेष चेकजाँच सुरु गरिएको बताए ।

मासिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपुर्ण,निष्पक्ष र मतदाताले स्वतन्त्र पुर्वक मतदान गर्ने वातावरणको सिर्जनागर्न लागि जिल्ला सुरक्षा समितिले सुरक्षाका कुनै पनि कसुर नरहने गरि सुरक्षा परिचलन गरेको राष्ट्रिय अनुसन्धन अधिकृत सुमन कुमार भण्डारिले बताए । उनका अनुसार आसन्न निर्वाचनका लागि तिनवटै निकायका सुरक्षाकर्मीहरु पर्याप्त मात्रामा भएकाले परिचाल पनि विशेष तरिकाले गरिएको जानकारि दिए ।


विप्लपको प्रभाव क्षेत्र मानीएको तल्लो डोल्पा र काईके गाँउपालिकामा विशेष सुरक्षा ब्यवस्था परिचालन गरिएको समेत गरिएको जिल्ला सुरक्षा समितिले जानकारि दिएको छ । केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार जिल्लाका सबै मतदान केन्द्रमा ३ वटा घेरामा सुरक्षा ब्वबस्था गरिएको जिल्ला सुरक्षा समितिका सँयोजक प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिए  ।

देशका विभिन्न जिल्लाहरुमा निर्वाचन आचारसंहिता उल्लङघनका घटनाहरु सार्वजानीक भईरहँदा डोल्पामा भने एउटा पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिए । मँसिर १० गते ढुक्क भएर मतदान गर्न मतदातालाइ मुख्य निर्वाचन कार्यालयले आग्रह गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!