सिन्धुपाल्चोकमा उम्मेदवार नै वाम गठबन्धनमा प्रवेश गरेपछि...

Posted on: 22 Nov, 2017

मङ्सिर ६, सिन्धुपाल्चोक । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का जनसमाजवादी पार्टीका उम्मेदवार नै वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

वाम गठबन्धनले मंगलवार ठोकर्पामा आयोजना गरेको आमसभामा जनसमाजवादी पार्टीका केन्द्रीय नेतासमेत रहेका उम्मेदवार हस्तबहादुर विक वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।


वाम गठबन्धनका प्रतिनिधिसभामा साझा उम्मेदवार अग्नि सापकोटा, प्रदेशसभा २ का उम्मेदवार अरुण नेपालले विकलाई गठबन्धनमा स्वागत गरेका थिए ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को साबिकको मांखा गाविसमा विकको प्रभाव राम्रो छ ।

गठबन्धन प्रवेशलगत्तै विज्ञप्ति जारी गरेर विकले राजनीतिक स्थायित्वको लागि वाम गठबन्धनको साझा उम्मेदवारलाई समर्थन गरेको जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!