डडेलधुरामा स्थानीय सरकार संचालन ऐन २०७४ सम्बन्धी अभिमुखिकरण

Posted on: 22 Nov, 2017

मंसिर ६, डडेल्धुरा | स्थानिय सरकार संचालन ऐन २०७४ को विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम डडेल्धुरामा सम्पन्न भएको छ । 

सुचना प्रविधीको प्रयोग र स्थानिय सरकारको जावाफदेहिता पारदर्शिताको लागि शुसाशन परियोजना अन्तरगत बुधबार अमरगढी नगरपालिका र ग्रामिण वाताबरण विकास केन्द्र डडेल्धुराद्धारा संचालित सुशासन परियोजनाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । नवनिर्वाचित प्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्ले स्थानिय सरकार संचालन ऐन २०७४ मा अभिमुखिकरण कार्यक्रम अमरगढी नगरपालिकाको सभाहलमा सम्पन्न भएकोे सेसी शुसासन परियोजनाका क्षेत्रीय कार्यक्रम संयोजक महेन्द्र शाही बताउनु भयो ।


कार्यक्रममा स्थानिय जनप्रतिनिधीलाई स्थानिय सरकार संचालन ऐन २०७४ सम्बन्धिी ऐनको बारेमा विस्तृत जानकारी गरिएको थियो । १५ परिच्छेदका रहेको १ सय २१ दफा र उपदाफाको बारेमा विस्तुत जानकारीका साथै विषयबस्तुमा अभिमुखिकरण गरिएकोे थियो । स्थानिय सरकार संचालन गर्दा प्रमुख र उपप्रमुख , वडा अध्यक्ष सदस्यहरुको काम कर्तव्य अधिकारको बारेमा छलफल र ऐनमा भएका विषयबस्तु दफा उपधाफामा पनि जानकारी गराइएको थियो ।

अभिमुखिकरण कार्यक्रममा विषय बस्तु तथा स्थानिय सरकार संचालन ऐन २०७४ को बारे अधिबक्ता  युवराज जोशीले सहजिकरण गर्नु भएको थियो । 

कार्यक्रममा अमरगढी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगरकार्य पालिकाका सदस्यहरु तथा विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक मेनका शाहीले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!