रसुवामा प्रहरीद्वारा १३ राउण्ड हवाइ फायरिङ

Posted on: 24 Nov, 2017

मङ्सिर ८, रसुवा । मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ । 

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । 

मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उहाँले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!