मद्यरातमा नेताको घर अगाडि बम विस्फोट

Posted on: 26 Nov, 2017

मङ्सिर १०, महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ । 

आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरीस्थित औरही निजी निवासअगाडि बम विस्फोट भएको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरअगाडि रहेको पोखरीको डिलमा सो विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । 

यता जिल्लाको हरेक स्थानको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!