बैतडीमा ९१ बर्षिय देबुदेवीले पनि गरिन मतदान

Posted on: 26 Nov, 2017

मङ्सिर १०, बैतडी । बैतडीमा विहान ७ बजेदेखि १ सय ८२ मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्णरुपमा चलिरहेको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित बिरेन्द्र मावि मतदान केन्द्रमा ९१ बर्षिय देवुदेवी तिरुवाले भोट हालेकी छन् । उक्त मतदान केन्द्रमा अहिलेसम्म भोट हाल्ने उनी सबै भन्दा जेष्ठ मतदाता रहेको मतदान अधिकृत प्रविण शाहले बताए ।


एक हजार ५ सय ४९ मतदाता रहेको उक्त मतदानस्थलका दुबै मतदान केन्द्रमा विहान ९ बजेसम्म ३ सय मतदाताले भोट हालिसकेको शाहले बताए । जिल्लाका अन्य मतदान स्थलमा पनि उत्साहपूर्णरुपमा मतदान भैईरहेको निर्वाचन कार्यालयले जनाएको छ । 

बैतडीमा एक लाख ३२ हजार ३ सय १९ मतदाता रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!