एक लाख नगद सहित नयाँ शक्तिका पाँच कार्यकर्ता पक्राउ

Posted on: 26 Nov, 2017

मङ्सिर १०, काठमाडौं । गोरखाको जौबारीमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् । 

उनीहरु एक लाख नगद र नयाँ शक्तिको प्रचार सामग्री सहित राति १ बजे गोरखाको शिरानचोक गाउँपालिका ८ बाट पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरु र नगद रकमलाई जौबरा इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुले ग २ च १७१५ नम्बरको बोलेको जीप चुनाव प्रचार प्रसारका लागि प्रयोग गरिरहेका थिए ।


प्रहरीका अनुसार गाडी चालक गोरखा ११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका ६ का भरतकुमार श्रेष्ठ र गोरखा ८ का खुशबहादुर थापा पक्राउ परेका छन् ।

त्यस्तै गोरखा नगरपालिका १० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ पनि पक्राउ परेका छन् ।

माओवादी कार्यकर्ताहरुले गुनासो गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!