सिन्धुपाल्चोकमा झडप, प्रहरीद्वारा हवाइ फायर

Posted on: 26 Nov, 2017

मङ्सिर १०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । 

वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।

निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको उक्त केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ आक्रमण गरेपछि झडप भएको थियो ।

झडपमा तीन जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । अहिले स्थिति सामान्य भइसकेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!