हुम्लामा मतदाता नआएपछि कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसे

Posted on: 26 Nov, 2017

मङ्सिर १०, हुम्ला । हुम्लाको एक मतदान केन्द्रमा मतदाता भोट हाल्न नआएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् ।

शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन ।

११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट स्थानीय विज्ञप्ति सार्वजनिक गर्दै मतदानस्थलमा नगएका हुन् । उक्त मतदान केन्द्र सदरमुकामबाट ४० कोस टाढा पर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!