दार्चुलामा १७ मतदान केन्द्रको मतपेटिका पुग्न बाँकि, ३ केन्द्रबाट हेलिकप्टरबाट लिने तयारी

Posted on: 27 Nov, 2017

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर ११, दार्चुला । प्रदेश सभा र प्रतिनिधि सभाको मतदान सकिएपछि सोमबार दिउँसोसम्म दार्चुलाका १ सय १२ मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम खलंगा ढुवानी भइसकेको छ । 

मार्मा गाउँपालीका, महाकाली नगरपालीका, मालीकार्जुन गाउँपालीकाबाट सबै मतपेटिकाहरु खलंगा पुगिसकेको मुख्य निर्बाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । 


बाँकि १७ ओटा मतदान केन्द्रमध्ये १४ ओटा मतदान केन्द्रबाट अहिले मतपेटिका ढुवानि भइरहेको छ । ब्यास, दुहु, लेकम, नौगाड, अपिहिमाल गाउँपालीकाका केहि मतदान केन्द्रहरुको मतपेटिकाहरु खलंगा ढुवानि भइरहेको हो ।

यस्तै जिल्लाबाट सबै भन्दा टाढाको अपी हिमाल गाउँपालिका र व्यास गाउँपालिकाका ३ ओटा  मतदान केन्द्रको मतपेटिका भने हेलिकोप्टरमार्फत ढुवानी गर्ने भनिएपनि अहिलेसम्म ढुवानि सुरु हुन सकेको छैन । 

ब्यास गाउँपालीकाको दुम्लीङ मतदान केन्द्रबाट एउटा हेलीकेप्टरमार्फत र अपिहिमाल गाउँपालीकाको पाथा र सिति गरी २ ओटा मतदान केन्द्रको मतपेटिका अर्को हेलिकेप्टरमार्फत ढुवानिको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । बिहान १० बजेअघि नै हेलीकेप्टरमार्फत मतपेटिका ढुवानि गर्ने बताइएपनि अहिलेसम्म ढुवानिकालागी हेलीकेप्टर नै पुगेको छैन ।

सोमबार बेलुकिसम्म जिल्लाभरीको १ सय २९ ओटै मतदान केन्द्रको मतपेटिका खलंगा पुर्याएर सुरक्षा ब्यबस्थापन गरीने जिल्ला सुरक्षा समिति दार्चुलाले जनाएको छ । मतगणना भने दोस्रो चरणमा हुने मंसिर २१ गतेको निर्वाचन भएपछि मात्र सुरु हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!